कोरोना लागेका एक अधिकारीले डाक्टरहरूलाई थुकेपछि पदबाट बर्खास्त

कोरोना लागेका मेक्सिकोका एक सरकारी अधिकारीले आफ्नो उपचार गराइरहेका चिकित्सकहरूलाई थुकेको र उनीहरूतिर फर्केर खोकेको पाइएपछि जागिरबाट बर्खास्त गरिएको छ । 

डा डेनिइल लोपेज रेगालादो नामक ती व्यक्ति बिरामी भएपछि ओआसाकास्थित प्रेसिडेन्टे सी हुआरेज जनरल हस्पिटलमा बिहीवार पुगेका थिए ।


Advertisement

उनी राज्यको स्वास्थ्य बोर्डका प्रमुख हुन् । उनले आफूलाई खोकी लागेको, ज्वरो आएको, छेर लागेको र सास फेर्न गाह्रो भएको चिकित्सकहरूलाई बताए । 

उनलाई तत्कालै कोभिड–१९ को परीक्षण गराइयो र त्यसको नतिजा पोजिटिभ आयो । उनलाई अस्पतालमा भर्ना गरेर निगरानीमा राखियो । 


Advertisement

भर्ना भएको राति डाक्टरको मूड परिवर्तन भएको अस्पतालका कर्मचारीले बताए । उनलाई विशेष उपचार नदिइएको र उनले आफ्नो निजी चिकित्सक पाउनुपर्ने भनेको अस्पतालको भनाइ छ । 

त्यसपछि उनी अस्पतालका नर्स र डाक्टरविरुद्ध आक्रामक बने । 

उनले आफूलाई अस्पतालबाट छुट्टी दिइनुपर्ने भने पनि मेडिकल इन्टर्नले त्यसो गर्न नमानेको बताइएको छ । 

तर उनले चिकित्कसहरूलाई थुके अनि खोकेपछि उनलाई अस्पतालबाट छुट्टी दिइयो । 

डा लोपेज रेगालादोलाई सोमवार पक्राउ गरेर चिकित्सकीय तथा मनोचिकित्सकीय निगरानीमा राखिएको छ । उनलाई पदबाट बर्खास्त पनि गरिएको छ । उनीविरुद्ध संक्रमण फैलाएको आरोप लगाइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्