लकडाउन पालन नगरी समुद्र किनारमा गएपछि न्युजील्यान्डका स्वास्थ्यमन्त्रीको पद घटुवा

न्युजील्यान्डका स्वास्थ्यमन्त्री डा डेभिड क्लार्कले देशव्यापी लकडाउनका नियमलाई उल्लंघन गर्दै परिवारलाई लिएर घरबाट २० किलोमिटर परको समुद्री किनार गएको पाइएपछि पद घटुवा गरिएको छ । 

अघिल्लो साता क्लार्कलाई डुनेडिनस्थित घरबाट दुई किलोमिटर पर माउन्टेन बाइक चढेर गएको देखिएको थियो । उनले सबै न्युजील्यान्डवासीलाई घरैमा बस्न भनिएको बेलामा आफूले गलत काम गरेको भन्दै घटनाको पश्चात्ताप गरे । 


Advertisement

त्यससँगै आफूले मूर्खतापूर्ण निर्णय लिँदै परिवारलाई कारमा राखेर २० किलोमिटर परको डक्टर्स पोइन्ट किनारमा लगेको खुलासा पनि उनले गरे । 

लकडाउन नियमअनुसार, सरकारी कारहरू खानेकुरा वा औषधि जस्ता अत्यावश्यक वस्तु खरिद गर्नका लागि मात्र उपयोग गर्नुपर्छ । अनि व्यायाम पनि आफूवरिपरिको क्षेत्रमा मात्र गर्नुपर्छ । 


Advertisement

आफूले लकडाउनको उल्लंघन गरेको भन्दै उनले प्रधानमन्त्री जासिन्दा आर्डर्न समक्ष राजीनामा दिएको भए पनि उनले स्वीकार गरिनन् । 

अहिले कोभिड–१९ विरुद्ध एक्यबद्ध भएर लड्नुपर्ने भएकाले स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकार नगरिएको उनले बताइन् । 

तर स्वास्थ्यमन्त्रीलाई पद घटुवा गरेर मन्त्रिपरिषद्को सबभन्दा कनिष्ठ दर्जामा झारिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्