×

NMB BANK
NIC ASIA

म हाल बेलायतमा रहेर कोरोना भाइरसले उत्पन्न पारिरहेको संकटलाई प्रत्यक्ष रुपमा अध्ययन गरिरहेको छु । सरकारी अनुमानलाई आधार मान्ने हो भने बेलायतमा लाखौंं मानिसलाई संक्रमण हुने सम्भावना छ भने मृत्युको संख्या २० हजारभन्दा कम राख्ने सरकारको लक्ष्य छ ।

Muktinath Bank

आलेख तयार पार्दासम्म ५५२४२ जनालाई कोरोना भाइरस संक्रमण भइसकेको छ भने मृत्यु संख्या ६१५९ पुगिसकेको छ । संक्रमणको संख्या कोरोना भाइरसको लक्षण देखेर आफ्नै घरमा आइसोलेसनमा बसेका व्यक्तिबाहेक हो । त्यसैले यसको संख्या निकै धेरै भएको हुनसक्ने अनुमान रहेको छ ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा जस्तै जनतालाई उत्तेजित पार्ने उद्देश्यसहित केही पत्रकारले समाचार तयार पार्ने र प्रस्तुत गर्दै जाने हो भने बेलायतमा हालसम्म ठूलै विद्रोह भइसक्ने थियो होला तर यहाँं सबै पत्रकारले आफ्नो सीमा र देशप्रतिको जिम्मेवारी र कर्तव्य के हो भन्ने कुरा बुझेका छन् र त्यहीँ अनुरुप प्रस्तुत हुने गर्छन् । 


Advertisment
Nabil box
Kumari

बेलायतको सन्दर्भमा भन्नुपर्दा पुँजीवादी अर्थनीतिमा आधारित व्यवस्था भएको कारण कोरोना भाइरस सम्बन्धी निर्णय गर्दा धेरै ढिलाइ भएको देखिन गएको छ । बेलायत सरकारले संक्रमण फैलिएका देशबाट पर्यटक आवागमन रोक्नु त कता हो कता आएकाहरूलाई सामान्य जाँच समेत गरेन । जसले गर्दा एकपछि अर्काे संक्रमित भित्रिँदै गए ।

Vianet communication
Laxmi Bank

बेलायत सरकारले चाइना र इटलीमा संक्रमण फैलिरहँदा त्यहाँका संक्रमितलाई त भित्रिन दियो नै तर त्यसविरुद्ध लड्न कुनै तयारी समेत गर्न सकेन । संक्रमण फैलिन शुरू हुँदासम्म पनि उनीहरू अब के गर्ने त भन्ने कुरामा अलमलमा नै देखिन्थे । डाक्टर र नर्सहरूलाई समेत आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सकिरहेका थिएनन् । अझैसम्म हजारौं भेन्टिलेटरको आवश्यकता छ, त्यो कहाँबाट ल्याउने भन्नेबारे सरकार अन्योलमा छ ।

भेन्टिलेटर उपलब्ध भइहालेमा पनि त्यसलाई चलाउन जान्ने दक्ष जनशक्तिको अभाव छ । बिरामी राख्ने अस्पतालमा शय्याको कमी छ । त्यसमाथि पनि हजारौं डाक्टर र नर्सको अभाव छ । धनी राष्ट्र भनेर के गर्नु ? मुखमा लगाउने मास्क समेत सरकारले उपलब्ध गराउन नसकिरहेको अवस्था छ ।

इमर्जेन्सीको लागि भनेर दिएको १११ नम्बरमा फोन गर्दा समेत फोन उठ्दैन । कथंकदाचित फोन उठाएपनि वेबसाइटको माध्यमबाट जानकारी लिनू वा दिनू भनिन्छ । यहाँसम्मकी कोरोना भाइरस देखिएका र संक्रमण लागेका व्यक्तिलाई समेत आफ्नै घरमा क्वारेन्टाइनमा बसेर रोगसँग लड्न सुझाव दिँदै घरमा फर्काइरहेका छन् तर बेलायतको घरको बनावट र मानिसको अवस्थालाई ध्यानमा राखेर सोच्ने हो भने घरमा अलग्गै बस्ने सम्भावना नै छैन । यसले गर्दा संक्रमण अझ बढिरहेको छ तर यहाँ जनताहरू संयमित भएर सरकार र एनएचएस अर्थात् नेसनल हेल्थ सर्भिसले दिएको सुझावलाई पालना गरेर अत्यावश्यक कामबाहेक घर बाहिर निस्किरहेका छैनन् ।

कोरोना भाइरसको औषधि नभएको अवस्था र यसले पारिरहेको क्षतिको कारण यहाँका जनता चिन्तित त छन् नै तर कसैले कसैलाई उत्तेजित पार्ने गरिरहेका छैनन् । बरु रुघाखोकीको जस्तै लक्षण देखिने यो रोगविरुद्ध रुघाखोकी नै नलाग्ने औषधी खानु भनेर एक दोस्रोलाई सल्लाह दिइरहेका छन् । एकले अर्कोलाई सान्त्वना दिन उनीहरू भनिरहेका छन् – रोगसँग लड्न सक्ने क्षमता नभएका व्यक्तिहरू योभन्दा पहिले वार्षिक हजारौं संख्यामा मर्ने गर्दथ्यो, त्यसैले डराउनुपर्दैन । रोगसँग लड्न सक्ने क्षमता भएका व्यक्तिलाई यसले केही गर्न सक्दैन ।’

नेपालको सन्दर्भमा भन्ने हो भने कोरोना भाइरस लागेका व्यक्तिको संख्या ९, निको भएर जानेको संख्या १ र मृत्यु संख्या ० छ । एक हिसाबले भन्ने हो भने  यो संख्या अन्य देशको तुलनामा नगन्य छ ।  एक प्रकारले भन्ने हो भने सरकारले रोगविरुद्ध लड्न लिएको नीतिको कारण नै हालसम्म यसलाई नियन्त्रणमा राख्न सकेको हो, अन्यथा यसले भयावह अवस्था उत्पन्न भइसकेको हुने थियो भन्दा अतिसयोक्ति हुन नसक्ला । ९ जना संक्रमित भेटिनुमा पनि न त ती संक्रमितले जानाजान गरेको देखिन्छ, न सरकारको अकर्मन्यताको कारण भएको हो भन्ने देखिन्छ । तर पनि जनतालाई उत्तेजित पारेर व्यक्तिगत र राजनीतिक फाइदा उठाउन खोज्नेहरू भन्दैछन्, ‘रोग थोरै देखिनुको कारण व्यापक रुपमा जाँच नगर्नु हो ।’ उनीहरूको हिसाबले भन्ने हो भने सोध्नैपर्ने हुन्छ, ‘के नेपालमा हजारौं–लाखौंं जनतामा कोरोना भाइरसको संक्रमण नदेखिँदा तपाईंहरूलाई दुःख लागेको हो ?’

यहाँ सोचनीय कुरा के छ भने संक्रमणको लक्षण भएकाहरूलाई तुरुन्त जाँच्न बेलायत जस्तो धनी राष्ट्रले पनि सकिरहेको छैन भने रोगको लक्षण समेत नभएको व्यक्तिलाई समेत जाँच्दै हिड्न सक्ने क्षमता नेपाल सरकारको छ र ?
नेपालमा कोरोनाभाइरस र यसबाट बच्ने उपाय के हो भनेर सचेत पार्ने कामलाई सबैले निरन्तरता दिइरहेको छ । लकडाउनको कारण सबैलाई थाहा छ । यसलाई पालना गर्दा जनधनको क्षति कम हुन्छ भन्ने जानकारी चाइनाको अनुभवबाट पनि लिन सकिन्छ तर सरकारको तर्फबाट यसलाई पालना गराउने क्रममा कडा रुप अपनाउँदा पनि विरोध गर्ने र नरमपना देखाउँदा पनि विरोध गर्ने नेपाली सोच भने बुझिनसक्नु भएको छ ।

स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री पुगेन भने माग गर्ने र सम्भावित रोगबारे सचेत गराउँदै त्यसको निम्ति आवश्यक सामग्री समयमा नै जम्मा गरिराख्नु भनेर दबाब दिने विषय एउटा हो तर जनसम्पर्कमा आउँदा संक्रमण सर्न सक्ने सम्भावना भएका व्यक्ति लगायत राहत सामग्री वितरण गर्न गएकालाई सरकारसँग तत्काल उपलब्ध भएको एक पटक प्रयोग गरिसकेपछि फाल्नुपर्ने एउटा मास्क वितरण गरेको विषयलाई पनि सरकारको विरोध गर्ने नाममा जनतालाई उत्तेजित पार्ने खालको समाचार बनाएर आफ्नो सञ्चारमाध्यमबाट प्रस्तुत गर्ने ? 

विरोध गर्ने पनि केही सीमा र तरिका हुन्छ । विदेशमा रहेका नेपालीलाई देश फर्काउने काम नगरेर सरकारले उनीहरूको जीवनमाथि खेलवाड गर्‍यो भनेर विरोध गर्ने अनि ल्याउँदा पनि रोगीहरू ल्याएर नेपालीको जीवनमाथि खेलवाड गर्‍यो भनेर विरोध गर्ने ? भारतको भूमिबाट नेपालमा आउन नदिँदा पनि विरोध गर्ने, आउन दिएर उनीहरूको जीवनको रक्षार्थ क्वारेन्टाइनमा राख्दा पनि विरोध गर्ने ? क्वारेन्टाइनबाट भाग्ने अनि भाग्यो भनेर पनि विरोध गर्ने ? आफ्नो ईलाकामा संक्रमित राख्न क्वारेन्टाइन बनाउन नदिने, अनी त्यहीँ ईलाकामा संक्रमण फैलिन थालेपछि बिरामीको लागि व्यवस्था गरेन भनेर विरोध गर्ने ? वा रे वा नेपाली बुद्धिजीवी र यहाँका सचेत भनिएका राष्ट्रको चौथो अंग पत्रकार जगत । तपाईहरूको लीला अपरम्पार !

हुन त यस्तो समाचार प्रस्तुत गर्दा शेयर र लाइक त धेरै आउँला, पैसा पनि कमाउला तर वर्तमान अवस्थामा पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिले जनतालाई उत्तेजित पार्ने उद्देश्यले समाचार प्रस्तुत गर्नु गलत हो ।  

प्रजातान्त्रिक देशमा जनताले चुनेका व्यक्ति नै मन्त्री हुन्छन् । उसले बनाएका समितिमा को–को राख्ने भन्ने विषय उसैको क्षेत्राधिकात्रभित्र पर्छ तर त्यसमा भ्रष्टाचारमा मुछिएका व्यक्ति नपरुन् भनेर सचेत हुनु र कुनै पनि विषयमा निर्णय गर्दा सम्बन्धित विषयका ज्ञाता व्यक्तिसँग छलफल गरेर निर्णय गर्दा देशको हित हुन सक्दछ भन्ने कुरा उसले बिर्सनु हुँदैन ।

यो सरकार दुईतिहाइसहित सत्तामा पुगेको छ । राम्रो काम गरेर देखाउने वातावरण पनि अहिलेको सरकारले जस्तो नेपालको इतिहासमा कसैले पाएको छैन । यस्तो अवस्थामा राम्रो काम गर्नुको सट्टा भ्रष्टाचार गर्न उद्धत हुँदा इतिहासको पानामा कलंकित सरकारको रुपमा उल्लेखित हुने कुरामा कसैको दुईमत हुन सक्दैन ।

(केशव श्रेष्ठ चौतारी म्यागेजिनका प्रधान सम्पादक हुन्, उनी २ दशकदेखि बेलायतमा बस्दै आएका छन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x