×

NMB BANK
NIC ASIA

आठवटै संक्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' सकियो, परीक्षणका लागि नमूना संकलन तीव्र

चैत २६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विदेशबाट आएका सबै कोभिड १९ संक्रमितहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bank

बुधवार स्वास्थ्य मन्त्रालयले गर्ने नियमित ब्रिफिङमा बोल्दै डाक्टर देवकोटाले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विदेशबाट आएका कोरोना संक्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ,’ प्रवक्ता देवकोटाले भने, ‘यससँगै हामीले उपत्याकाबाहिर परीक्षणका लागि नमूना संकलन तीव्र पारेका छौं ।’


Advertisment
Nabil box
Kumari

उनले काठमाडौँमा हालसम्म १९ सय ६५ परीक्षण भएको र उपत्याकाबाहिर ४ सय १ नमूना परीक्षण भएको जानकारी दिए । आज मात्र १ सय ८० नमूना परीक्षण चलिरहेको र त्यसको नतिजा आउन बाँकी रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

उनले र्यापिड टेस्ट किटबाट परीक्षण गर्ने गरी कैलाली र कन्चनपुरमा नमूना संकलन गर्न टोली खटिएको जानकारी दिएका छन् ।

‘कैलाली र कन्चनपुरमा परिचालित टोलीले र्यापिड किटबाट र पीसीआरबाट परीक्षण गर्ने गरी दुवै प्रकारका नमूना संकलन गरिरहेको छ,’ डाक्टर देवकोटाले भने । 

उनले अहिलेसम्म उपत्याकामा १२ जना र उपत्याकाबाहिर १ सय ३४ जनालाई आइसोलेसनमा राखिएको बताए । डाक्टर देवकोटाका अनुसार अहिले नेपालमा ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा छन् ।

‘जिल्ला तहको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्माण भइरहेको छ,’ उनले भने, ‘छाउनी अस्पतालमा १०० भन्दा बढी बेडहरू पूर्ण तयारी अवस्थामा छन् । कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि नीतिगत व्यवस्था र कार्यविधि तय गरिएको छ । क्वारेन्टाइनको निर्देशिका पनि जारी भएको छ ।’

उनले संक्रमितको निधन भएमा शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत कार्यविधि तयार पारेको बताए । ‘यी सबै कार्यविधिहरू मन्त्रालयको वेबसाइटमा राखिएको छ,’ उनले भने ।

डाक्टर देवकोटाले उपत्याका बाहिर धनगढी, पोखरा र नेपालगंजमा ३ वटा ठूला पीसीआर मेसिन राखिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x