धनगढीका अस्पतालले बिरामी भर्ना गर्न नमान्दा १ जनाको मृत्यु

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढीस्थित अस्पतालले बिरामीलाई भर्ना गर्न नमान्दा १ बिरामीले ज्यान गुमाएका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको मृत्यु भएको हो ।


Advertisement

मृतकका आफन्त हेमराज भट्टका अनुसार बिरामीलाई बुधवार साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको थियो तर ४ घण्टासम्म कुनै वास्ता नगरिएपछि घरै लगिएको थियो ।

भट्टले भने, ‘माया मेट्रो अस्पतालमा ४ घण्टा राख्दा कसैले केही वास्ता गरेनन् । अरु ठाउँ लैजाने विकल्प पनि भएन अनि बाध्य भएर घर ल्याउँदा घर पुग्ने बित्तिकै ज्यान गयो ।’


Advertisement

श्वासप्रश्वासमा समस्या देखिएकाले भेन्टिलेटरमा राख्नुपर्ने भएको तर कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा काकाको मृत्यु भएको उनले दुःखेसो पोखे ।

उनका अनुसार धनगढीमा भेन्टिलेटरको सुविधा रहेको अर्को निजी अस्पताल निसर्गका सञ्चालकसँग आग्रह गरेपनि कसैले भर्ना गर्न नमान्दा बिरामीलाई घर लगिएको थियो ।

केही निजी अस्पतालले भेन्टिलेटर खाली नभएको बताए भने केही अस्पतालले चिकित्सक नै नभएको भन्दै भर्ना गर्न मानेनन् । सेती प्रादेशिक अस्पतालमा पनि भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि मृतकलाई माया मेट्रोमै लगिएको थियो ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्