भोकै पशुचौपायालाई म्याग्दीका युवाले खुवाए दानापानी

कोरोना भाइरस (कोभिड–१९) का लागि सरकारले चैत ११ बाट  मुलुक लकडाउन गरेपछि मानिस घरबाहिर निस्कन पाएका छैनन्। 

लकडाउनका कारण म्याग्दीकाे बेनी बजारमा रहेका होटल, रेष्टुरेन्टसहित पसल बन्द भएपछि पशुचौपाया समेत मर्न थालेका छन्। दुई दिनमा दुई  गाईगोरू रोग र भोकले मरेपछि यहाँको लायन्स क्लब बेनी पिसले दानापानी खुवाउन सुरु गरेको छ। 
लकडाउनका समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानी व्यवस्था गरिएको लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बताए। यो कार्यमा यहाँका युवाहरुको साथ छ।


Advertisement

भोग र विभिन्न रोगका कारण पशुचौपाया मर्न थालेपछि सडकमै पुगेर दानापानी खुवाउन बेनी संगमचोकका निरञ्जन श्रेष्ठले समेत सहयोग गरेका थिए। बेनीबजारमा करिब डेढ दर्जन पशुचौपाया छन्। बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्ने तर्फ सर्तक हुनुपर्ने पशु प्राविधिकहरुको भनाइ छ। 

पछिल्लो समय बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट बुढा र रोगी गाईगोरू छोड्ने क्रम बढेको थियो। यसबाट सवारी जाम र दुर्घटनाको जोखिम हुने भएकाले व्यवस्थापनको पहल समेत भइरहेको छ। 


Advertisement

बेनीको वीरेन्द्रचोक, न्युरोड, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगमचोक र बालमन्दिर आसपासका क्षेत्रमा रहेका पशुचौपायालाई अर्को व्यवस्थाaपन नभएसम्म आफ्नो घरमा फालेको खाना वा घाँस दिन समेत अनुरोध गरिएको छ। बजार आसपासका क्षेत्रमा जंगल भएपनि त्यहाँ लैजादाँ पुनः बजारमै फर्किने गरेका छन्।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्