एनआईसी एसियाको सहकार्यः लकडाउनमा घरमै बसीबसी रेमिट्यान्स सुरक्षित गर्न सकिने

वर्ल्ड रेमिट र अर्बिट रेमिट विश्वका विभिन्न ५० बढी देशबाट घरमै बसेर रेमिट्यान्स पठाउन सकिने भएको छ। 

रेमिट्यान्स एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने जनाइएको छ। ‘विश्वभरी नै महामारीको रूपमा पैmलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एनआईसी एशिया बैंकल वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेकाका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


Advertisement

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन भन्दै एनआईसीले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो।

जसबाट ग्राहकले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन्। यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तलाई तुरून्त रकम पठाउन सक्नेछन्।  


Advertisement

एनआईसीले लकडाउनमा सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको जनाएको छ 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्