प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच फोनवार्ताः ‘नेपाली श्रमिकको सुरक्षामा कमी हुँदैन’

File Photo

प्रधानमन्त्री केपी ओलीले नेपाली श्रमिकको रोजगारीको गन्तव्यमध्येको एक ओमानका  हिज हाइनेस (राजकुमार) शैयद फहाद वीन महमुद अल सइदसँग बुधबार साँझ फोनवार्ता गरेका छन्। 

खाडीमा रहेको नेपालीको अवस्था बुझ्न सरकार प्रतिनिधिसँग टेलिफोन वार्ता गर्ने क्रममा प्रम ओलीले ओमानका राजकुमारसँग त्यहाँका नेपाली श्रमिकको अवस्थाबारे चासो राखेका थिए।


Advertisement

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेका बेला सरकारले विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै आएको छ। 

प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटरमा उल्लेख भए अनुसार  ओमान सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षा र सहयोग रहिरहने निश्चित पारेको छ।   


Advertisement

ओलीले लेखेका छन्, ‘ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ। ’

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्