×

NMB BANK
NIC ASIA

किसानमाथि कोरोना आतंक : केरा नबिकेर नदीमा बगाइयो, खाल्टो खनेर कुखुरा पुरियो, तरकारीबारीमा ट्याक्टर चलाइयो

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण देशभरका किसानले तरकारी, फलफूल, दूध तथा कुखुरा नष्ट गर्नुपरेको छ । किसानले कुखुरा खाल्टोमा हालेर नष्ट गर्न बाध्य भएका छन्, केरा नदीमा समेत बगाएका छन् । आत्मनिर्भर हुन लागेको डेरी उद्योगमा ८० प्रतिशतले खपत घट्दा किसान, सहकारी र उद्योगी दूध नष्ट गर्न थालेका छन् । तरकारी बिक्री नभएपछि किसानले बारी जोतेर नष्ट गर्दै छन् ।

Sagarmatha Cement
Muktinath Bank

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनका कारण कृषि क्षेत्रले ठूलो क्षति व्यहोरोको आकलन गर्दै राहत प्याकेज घोषणाको अन्तिम तयारी गरेको छ । अर्थ मन्त्रालयसँगको समन्वयमा बजेट र राहतका कार्यक्रम तर्जुमा भइरहेको मन्त्रालयको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवन/लकडाउनका कारण तरकारीले बजार नपाएपछि चितवनका किसानले बारीमा ट्याक्टर लगाएर नष्ट गरेका छन् । भरतपुर महानगरपालिका–६, ब्रह्मपुरका झन्डै ८० भन्दा बढी किसानले खेतमा नै ट्याक्टर लगाएको स्थानीय किसान जनक पाठकले बताए । त्यस क्षेत्रका किसानहरूले मंसिर अन्तिम हप्ता काँक्रो लगाएका थिए । अहिले उत्पादन बढी आउने समय हो । तर, बिक्री नहुँदा  बारीमा नै ट्याक्टर लगाएर नष्ट गरेको पाठकले बताए । उनले १ लाख लगानी गरेर १० कट्ठामा लगाएको बेच्ने वेलाको काँक्रो नष्ट गरेका हुन् ।


Advertisment
SBL

सोही क्षेत्रका अर्का किसान नवराज बोलखेले पनि १ बिघामा लगाएको काँक्रो नष्ट गरेको बताए । उनले भने, ‘गाउँभरि सबैको काँक्रो छ । सित्तैमा लैजाऊ भन्दा पनि लाने मानिस भएनन् । टाढा लगेर बिक्री गर्न लकडाउनका कारण सम्भव रहेन,’ बोलखेले भने, ‘त्यहाँसम्म पुर्‍याउँदा फेरि खेताला लगाउनुपर्‍यो ।’

Vianet communication
Laxmi Bank

किसानले तरकारी बेच्न पाएनन्

वीरगन्ज/सरकारले गरेको लकडाउनका कारण बारीमा परवल, बोडी, हरियो मार्चा, लौका, घिराैंला, भिन्डी, काँक्रो र काउली बेच्नका लागि तयार भए पनि बेच्न नपाउँदा समस्या भएको उनीहरूले गुनासो गरेका छन । जिल्लाको बहुदरमाई नगरपालिका र जगरनाथपुर गाउँपालिकाका विभिन्न गाउँका बारीबाट उत्पादित तरकारी वीरगन्जसहित पोखरीया, मसिहानी, महुवन, डकैला, सुपौली, जानकीटोला, नवकाटोला, सखुबनीया, देवरबानालगायतमा तरकारी बजारमा नपुग्दा किसानहरू मारमा परेका छन् । सरकारले लकडाउनमा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि आउजाउ गर्न रोक लगाएपछि झनै कठिन भएको अर्का किसान रामबाबु साहले बताए । 

यस्तै, जिल्लाको सदरमुकाम वीरगन्जको ठूलो तरकारी बजार चैत १८ गतेदेखि बन्द छ । सुरुमा वीरगन्जका तरकारी बजार खोल्ने प्रयास गरेपछि स्थानीय प्रशासनले बन्द गराउन निर्देशन दिएकाले समस्या भएको छ । वीरगन्जमा अहिले होम डिलेभरी गर्नेका लागि राति तरकारी गाउँबाट पु¥याउन समस्या भएपछि नसकेको उनीहरूले बताएका छन् ।
  
३ दिन तरकारी बोकेर ग्राहक खोज्दै जाजरकोटका कृषक

जाजरकोट/भेरी नगरपालिका–१ कालेगाउँका कृषकहरू यातायातका साधन नचल्दा घन्टाैं तरकारी बोकेर सदरमुकाम पुग्ने गरेका छन् । ९ बजेपछि स्थानीय प्रशासनले आवतजावतमा कडाइ गरेका कारण उनीहरू सस्तैमा भए पनि तरकारी बिक्री गरेर फर्किने गरेका छन् । गाडीमा राखेर जिल्लाबाहिर ढुवानी गर्ने गरे पनि अहिले लकडाउनका कारण समस्यामा परेको कृषक दलबहादुर खत्रीले बताए । आफैंले उत्पादन गरेको तरकारी बोकेर केही ठाउँमा बिक्री गरे पनि सबै ठाउँमा बिक्री गर्न नसकिने कृषकहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘बारीमा भारी मात्रामा हरिया तरकारी लटरम्म फले पनि बजारसम्म पुर्‍याउन नसक्दा दुःख खेर गएको छ ।’ 

२५ रुपैयाँमा पनि नबिकेपछि कुखुरा नष्ट 

कुखुरा विक्री नभएपछि कञ्चनपुरका किसान खाल्डोमा पुरेर चल्ला चष्ट गर्दै  
कञ्चनपुर/ २५ रुपैयाँमा किलोमा पनि विक्री नभएपछि कञ्चनपुरका किसान कुखुरा नष्ट गर्न बाध्य भएका छन् । कतिपय किसानले एक सय रुपैयामा चार कुखुरा बिक्रि गर्न बाध्य भएका छन् । कतै २५ रुपैया किलो होलसेल दरमा बिक्रि गरिरहेका छन् । त्यति गर्दा पनि नबिकेपछि किसानले खाल्टो खनेर कुखुरा पुरिरहेका छन् । यो सम्भवत बोईलर कुखुरा पालेकै ईतिहासमा किसानले यस्तो दुर्दशा भोक्नु परेको छ । दाना नपाएर भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका पदम नाथले ३ सय र लोक कार्कीले १२ सय चल्ला खाल्टोमा पुरिदिएका छन् । आहारा अभावका कारण खाल्टोमा पुरिदिएको उनीहरूले बताए । 

कुखुरा तथा अण्डा उत्पादक संघ कञ्चनपुरका अध्यक्ष बिक्रम नाथको दुई किसान कार्की र नाथले चल्ला नष्ट गरेको बताउदै अरु किसानले समेत नष्ट गर्न तयार भएको बताए । आफ्नै फार्ममा कुखुराहरू ४५ दिन पार गर्दै मासुका लागि बिक्री गर्न लायक भएका भएपनि बेच्न नपाएको उनले बताए । 

देशभर ४१ लाख चल्ला र अन्डा नष्ट कतिपय किसानले सित्तैमा बाँडे कुखुरा 

चितवन/चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४ लाख कलर ब्रोइलर गरी ४१ लाख अन्डा र चल्ला नष्ट गरिएको छ । नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २१ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको पोखरेलले बताए ।

दाना खान नपाएर कुखुरा मर्ने अवस्था भएपछि भरतपुर–१३ गंगानगरका लेयर्स कुखुरापालक किसानहरूले सित्तैमा स्थानीयलाई वितरण गर्न थालेका छन् । अन्डा बेचेर नाफा लिने वेला दाना अभाव भएपछि कुखुरा मर्न दिनुभन्दा सित्तैमा वितरण गर्न उचित ठानेको स्थानीय कुखुरापालक लक्ष्मी अधिकारी, रामचन्द्र ओझा र केशव रानाभाटले बताए । 

‘कुखुरा मर्न लाग्दासमेत दाना सप्लायर्स र उद्योगीहरूले दाना दिएनन् । त्यसपछि सित्तैमा वितरण गर्‍यौँ,’ ओझाले भने । त्यस क्षेत्रका ८ जना किसानहरूले करिब १० हजार कुखुरा त्यसरी नै खोरबाट हटाइसकेका छन् । लेयर्स कुखुराले ६ महिनापछि अन्डा दिन सुरु गर्छ । करिब १८ देखि २० महिनासम्म ती कुखुराहरूले अन्डा दिन्छन् । सप्लायर्सहरूले आफैंलाई अन्डा र कुखुरा बिक्री गनुपर्ने, नियमित रूपमा दाना, चल्ला आफूले व्यवस्थापन गरिदिने मौखिक सहमति पनि हुन्छन् । तर,  लकडाउनको कारण देखाउँदै दाना सप्लायर्सहरूले नगद नदिएसम्म किसानलाई दाना नदिने भने बेइमानी गरेका छन् । 

१२ सय लेयर्स कुखुरा पालेकी किसान लक्ष्मी अधिकारी भन्छिन्, ‘कानको सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना ल्याएन । झन्डै ४ सय कुखुरा भोकले खुट्टा टेक्न नसक्ने भएपछि मरे । ५ लाखभन्दा बढी कुखुरापालन सुरु गर्दाको नै ऋण छ ।’ 

भरतपुर–१३ गंगानगरकै किसान चित्रबहादुर रानाभाटले ११ सय कुखुरालाई भकारीको धान पिनेर दानाका रूपमा खुवाइरहेका छन् । ६ वर्षदेखि कुखुरा पाल्दै आएका उनलाई यो संकट कसरी कटाउने भन्ने मात्र चिन्ता छ । गंगानगर क्षेत्रमा मात्र ३० भन्दा बढी कुखुरापालक किसान छन् । ५ सयदेखि ५ हजारसम्म उनीहरूका खोरमा कुखुरा छन् । लकडाउन केही समय अझै लम्बिए व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था रहेको अर्का किसान विष्णु लामिछाने बताउँछन् । उनका अनुसार त्यस क्षेत्रका ८ किसानका १० हजारभन्दा बढी कुखुरा नाफा लिने समयमा खोरबाट हटाइएको छ । 

बिक्री नभएपछि कुखुरा मार्दै किसान

पाल्पा/कुखुरा बिक्री नभएपछि रैनादेवी छहरा गाउँपालिकाका २ किसानले ६ हजार कुखुरा मारेर खाल्टामा पुरेका छन् । बिक्री गर्न तयार भएका कुखुरा आधा सस्तोमा दिँदासमेत नबिकेपछि मार्न बाध्य भएको हाइलाइट मरासिनी कृषि तथा पशुपक्षी फर्म छहरा गाउँपालिका–३ भुवन पोखरीका सञ्चालक वेदप्रसाद मरासिनीले बताए । केही महिनाअघि घर धितो राखेर ज्योति विकास बैंकबाट कर्जा लिई कुखुरापालन सुरु गरेका मरासिनीले १५ लाख रुपैयाँबराबरको नोक्सान भएको बताए । 

अर्का किसान मोहन पौडेलले पनि दाना र बजारको अभाव हुँदा ५ सय कुखुरा मार्न बाध्य भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले क्षतिका आधारमा किसानलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

११ हजार चल्ला नष्ट

धनगढी\गौरीगंगा नगरपालिका–६, को भैरव पोल्ट्रीले लकडाउनका कारण दाना अभाव भएपछि १ हजार चल्ला खाल्टोमा पुरेको छ । धनगढीको युनाइटेड पोल्टी फर्मले पनि साढे १५ सय चल्ला खाल्टोमा पुरेको छ । दाना अभावकै कारण कैलालीमा ११ हजार चल्ला नष्ट गर्नुपरेको पोल्ट्री व्यवसायी संघका अध्यक्ष भुवन पाण्डेयले बताए । अन्डा उत्पादनका लागि पालिएका कुखुरा पनि दाना नपाएर मर्न थालेको व्यवसायीहरूको गुनासो छ । घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी पोल्ट्री फर्मका सञ्चालक पहल देउवाले आफ्नो फर्ममा रहेका १७ हजार लेयर्स कुखुरामध्ये दाना नपाएर ३ हजार मरेको बताए । त्यस्तै, लकडाउन भएयता उत्पादन भएका १ लाख ४७ हजार अन्डा बजारमा पठाउन नपाएको उनले बताए । संघका अनुसार पोल्ट्री व्यवसायमा कैलालीमा मात्रै ५ अर्ब लगानी छ । 

पाल्ने कि मार्ने चिन्तामा किसान

प्युठान-ब्रोइलर फर्म सञ्चालकहरू ब्रोइलर पाल्ने कि मार्ने भन्ने अवस्थामा पुगेका छन् । सामान्यतः ४० देखि ६० दिनभित्रमा कुखुरा बेचिसक्नुपर्ने भए पनि ८० दिनसम्म पनि खोरमा जसोतसो जिउँदै राख्न सफल भए पनि बेच्न कहाँ, कसरी लैजाने भन्नेबारे चिन्तामा रहेको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष पण्डितले बताए । सर्वसाधारणले मासु नै नखाइदिँदा पनि बिक्री नभएको प्युठान नगरपालिका– २ दाखाक्वाडीका कुखुरा व्यवसायी मुक्ति पोखरेलले जानकारी दिए । 

१४ लाख कुखुरा नष्ट गरिदिन आग्रह, ब्यवसायीको ५ अर्ब लगानी जोखिममा

हेटौडा\हेटौडामा कुखुरा ब्यवसायीले जिल्लाभर उत्पादित १४ लाख कुखुरा नष्ट गरिदिन प्रशासनलाई आग्रह गरेको छ । लकडाउन लामो समयसम्म लम्बिने, वातावरण अनुकूल र सहज नभए कुखुरा खोरमै मर्ने परिस्थिति बन्ने भएकाले प्रशासनलाई नष्ट गर्न आग्रह गरिएको संघले जनाएको छ । कुखुराका लागि आवश्यक दाना किसानले नपाएको, उत्पादित कुखुरा, अन्डा, चल्ला बिक्री नहुँदा नष्ट गर्नुको विकल्प नभएकाले अभिलेख राखेर चल्ला नष्ट गर्ने वातावरढा बनाइदिन आग्रह गरेको संघका अध्यक्ष अध्यक्ष राजु अधिकारीले बताए । 

संघका अनुसार जिल्लाका १ हजार ५ सयजना कुखुरापालक किसानहरूको करिब ५ अर्ब बढी लगानी जोखिममा परेको छ । ‘देश ठप्प छ, व्यवसाय पनि ठप्प छ, आर्थिक जोह गर्न कठिनाइ परेको यस्तो संकटमा सबै किसानको लगानी जोखिममा परेको छ,’ उनले भने ।

बजार नखुल्दा करोडको लगानी डुब्दै

झापा/दमक–१० को दमक एग्रिकल्चर फार्ममा अन्डा पार्ने लेयर्स जातका २५ हजार कुखुरा छन् । फार्ममा ८ करोड लगानी भइसकेको सञ्चालक देवेन्द्र प्रसाईंले जानकारी दिए । तर, लकडाउनले दाना पाउन समस्या भएपछि लगानी डुब्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, ‘१० दिनसम्म यस्तो भयो भने कुखुरा पुर्न डोजर खोज्न थाले हुन्छ ।’ दमककै अर्का कृषक भरत चम्लागाईंको मेघ एग्रिकल्चर फार्मको ७ करोड लगानी डुब्ने अवस्थामा पुगेको उनले बताए । 

दाना आपूर्ति गर्नसक्ने अवस्था छैनः दाना उद्योग संघ
नेपाल दाना उद्योग व्यवसायी संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले अहिलेको अवस्थामा संघले दाना आपूर्ति गर्न नसक्ने बताए । सप्लायर्स र किसानबीच भद्र सहमति विगतमा भएका होलान्, तर अहिले अवस्था जटिल छ । दाना आपूर्ति कठीन छ । देशभर ३ हजारदेखि ३५ सय टन दाना प्रतिदिन आवश्यक पर्छ । चितवनको कुखुरालाई मात्रै अहिले दैनिक एक हजार टन दाना चाहिन्छ ।

एकै किसानको ७० लाखको केरा नष्ट

बिक्री नभएपछि कैलालीको जोशीपुर गाउँपालिका–४ का किसान अनिलजंग कुँवरले नस्ट गरेको केरा
कैलाली/कैलालीको जोशीपुर गाउँपालिका–४ का अनिलजङ कुँवरले ८ बिघामा लगाएको केरा लकडाउनका कारण बिक्री हुन सकेको छैन । लकडाउनपछि बिक्री ठप्प हुँदा ९ सय बोटमा फलेको करिब साढे ३ लाख रुपैयाँबराबरको केरा स्थानीय पथैया नदीमा लगेर बगाएको पीडा उनले सुनाए । उनले केरा नदीमा बगाएको कुरा स्थानीय प्रशासनकहाँ पुगेपछि जोशीपुर गाउँपालिकाका पदाधिकारी र स्थानीयले पाकेको केरा प्रहरी र क्वारेन्टाइनका बिरामीलाई दिन सुझाव दिए । हाल उनी  निःशुल्क रुपमा केरा वितरण गर्दै आएका छन् । 

८ बिघा जमिनमा फलेको केरा कम्तीमा ७० लाख रुपैयाँमा बिक्री गर्ने उनको आकलन थियो । तर, १० लाखका बेचेपछि निःशुल्क बाँड्नुपर्दा बैंकबाट लिएको ऋण तिर्न उनलाई अप्ठ्यारो परेको छ । ‘केराखेती गर्नकै लागि सेन्चुरी बैंकबाट ३० लाख रुपैयाँ ऋण लिएको थिएँ । त्यतिखेर १४ प्रतिशत ब्याजमा लिएको ऋण अहिले घटेर १३ प्रतिशतका दरले ब्याज तिर्दा हुन्छ भनेर बैंकबाट भर्खरै जानकारी आएको छ । यो ऋण तिर्न पो मुस्किल हुने भो,’ उनले भने । 

चितवनको रत्ननगर नगरपालिका–१३ का किसान रामलाल श्रेष्ठले ३ बिघा आफ्नै र ९ बिघा लिजमा लिएर गरेको केराखेती पनि जोगाउन मुस्किल परेको जनाएका छन् । भरतपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजार बन्द हँुदा उनको १ हजार घरी केरा त्यतिकै गोदाममा थन्किएर बसेको छ । श्रेष्ठ भन्छन्, ‘साउन मसान्तसम्म यी केराको बोटबाट उत्पादन लिने समय हो । यही वेलामा काठमाडौंका व्यापारीले फोन पनि उठाउन छाडे, स्थानीय बजारमा पनि बन्द छ ।’ श्रेष्ठले १२ बिघामा केरा लगाउँदा झन्डै ३० लाख खर्च गरेको बताए ।

चितवन केरा उत्पादक संघका अनुसार जिल्लामा ३ तीन हजार बिघाभन्दा बढीमा केराखेती हँुदै आएको छ । संघमा मात्रै ७ सय कृषक आबद्ध छन् । गत वर्ष चितवनमा मात्रै डेढ अर्ब रुपैयाँको केरा बिक्री भएको थियो । उपभोक्ताको माग उच्च भए पनि थोक विक्रेताले केरा नलिँदा समस्या भएको संघ अध्यक्ष धननाथ महतोले बताए । 

लकडाउनले प्रदेश–१ मा दूध संकलनमा कटौती  

विराटनगर/प्रदेश–१ मा दुग्ध संकलनमा ५० प्रतिशत कटौती भएको छ । दूध संकलनमा कटौती भएपछि दुग्ध कृषकहरू मारमा परेका छन् । चितवनको पाउडर प्लान पनि बन्द भएको छ । एक नम्बर प्रदेशका डेरीले पाउडरका लागि चितवन र पोखरा पठाउँदै आएको २५ हजार लिटर दूधको ढुवानी पनि बन्द छ । 

लकडाउनपछि सहर बजारका चिया र मिठाई पसलहरू मात्र नभएर दूध चिस्यान केन्द्रहरू पनि बन्द छन् । घरपारिवारमा १५ प्रतिशतजति खपत हुँदै आएको दूधको खपत ७ प्रतिशतमा झरेको सुनसरी कामधेनु डेरी उद्योगका प्रबन्ध निर्देशक तथा अनुसन्धानकर्ता गजेन्द्र अवस्थी बताउँछन् । उनका अनुसार लकडाउनपछि डेरीको दूध २० प्रतिशत मात्रै बिक्री भए । दूध व्यवस्थान गर्न ४ दिन दूध संकलन पूर्ण रूपमा बन्द गर्नुपरेको थियो । 

झापा, मोरङ र सुनसरीका डेरी उद्योगहरूले ५० प्रतिशत मात्र दूध संकलन गरिरहेका छन् । दैनिक ५० हजार दूघबाट ५ टन पाउडर दूघ उत्पादन गर्ने योजनासहित सुनसरीको इटहरीमा प्रदेश सरकारको २० करोड लगानीमा निर्माण हुने पाउडर प्लान्ट पनि निर्माण भएको छैन ।   

६० प्रतिशत दूध खेर 

म्याग्दी/लकडाउनले बजारसम्म दूध लैजान नपाएपछि म्याग्दीका गाईभैँसीपालक कृषकहरूलाई लाखौँको नोक्सानी भएको छ । बजार सुनसान भएर दूध खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाईभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको बेनी नगरपालिका– ६ का कृषक कमल पौडेलले बताए । बेनी नगरपालिका–६ बाँसबोटमा वरदान पशुपक्षी फर्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले दैनिक सय लिटर बढी दूध खेर गएको बताए । यस क्षेत्रमा दैनिक ६० प्रतिशतसम्म दूध खेर जाने गरेको केन्द्रका अध्यष जीवनप्रसाद पौडेल बताउँछन् । बेनी नगर क्षेत्रमा मात्रै करिब २ दर्जनभन्दा बढी कृषकहरूले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटर दूध खपत हुन्छ ।

राहतको योजना बनाउँदै कृषि मन्त्रालय

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनका कारण किसानले व्यहोरेको क्षतिलाई व्यहोर्ने गरी राहतको योजना बनाइरहेको छ । कृषिमन्त्री घनश्याम भुसालको सचिवालयकी सदस्य गंगा आचार्यका अनुसार अहिले दूध र कुखुरापालक किसानले बढी क्षति व्यहोरेको विषय सुनिएकाले सोहीअनुसार राहतको कार्यक्रम तयार गरेको छ । उनले भने, ‘मन्त्रालय खासगरी साना किसानलाई यो पेसाबाट पलायन हुन नदिने गरी राहतको कार्यक्रम घोषणा गर्ने योजनामा जुटेको छ ।’

मन्त्रालयले लकडाउन खुलेपछिको एक महिनामा अघिल्लो महिनाले किसानले बिक्री गरेको परिमाणकै आधारमा दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ ।

त्यस्तै, ५ हजार कुखुरा बिक्री गर्ने किसानलाई ब्रोइलरतर्फ एक लटका लागि प्रतिकुखुरा ६० रुपैयाँ र लेयर्सतर्फ प्रतिगोटा १ सय २० रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । किसानले एक लटको कुखुरा मात्र खेर गएको हो भन्ने आधारमा यो अनुदान रकमको प्रस्ताव गरिएको छ ।  यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x