×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच फोनवार्ता, स्वास्थ्य सामग्रीको अभाव हुन नदिने मन्त्री ढकालको दावी

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच फोनवार्ताः ‘नेपाली श्रमिकको सुरक्षामा कमी हुँदैन’
 

Sagarmatha Cement
Muktinath Bank

केपी ओलीले नेपाली श्रमिकको रोजगारीको गन्तव्यमध्येको एक ओमानका  हिज हाइनेस (राजकुमार) शैयद फहाद वीन महमुद अल सइदसँग बुधबार साँझ फोनवार्ता गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाडीमा रहेको नेपालीको अवस्था बुझ्न सरकार प्रतिनिधिसँग टेलिफोन वार्ता गर्ने क्रममा प्रम ओलीले ओमानका राजकुमारसँग त्यहाँका नेपाली श्रमिकको अवस्थाबारे चासो राखेका थिए।


Advertisment
SBL

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेका बेला सरकारले विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै आएको छ। 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटरमा उल्लेख भए अनुसार  ओमान सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षा र सहयोग रहिरहने निश्चित पारेको छ।   

ओलीले लेखेका छन्, ‘ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ। ’

सुदूरपश्चिमका जनप्रतिनिधिलाई मन्त्री ढकालले भने- स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहो¥याएका छन्।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को बुधबार संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र  उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन्।

आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामग्री निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन बुधबार नै हेलिकोप्टरमार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए।

मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आएका थिए।

आइतबारदेखि भरी ग्यास सिलिण्डर

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए ।

उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए । उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो ।

'एक साताअघिसम्म ग्यासको मागअनुसार डिपोमा ग्यास पु¥याउन भ्याइनभ्याइ थियो तर तीन दिनदेखि ग्यासको खपत नहुँदा डिपोमै राख्नुपरेको छ,’ उनले भने, ‘आधा सिलिण्डर ग्यास बिक्री हुन थालेपछि उपभोक्ताहरुले ग्यास लिनै मानेका छैनन् ।‘

ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमाडौँ उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिण्डर ग्यास लिनै नमानेको जिकिर गरे ।

विदेशबाट आएकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सिसिएमसीले खटायो जनशक्ति

छाउनीमा रहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले विदेशबाट आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर विश्लेषण गर्ने भएको छ।

सिसिएमसीले चैत १ गते यता हवाइ र स्थलगतमार्ग भएर आएकाहरूको े ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न थालेका हो। 

‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको भनेर आलोचना भइरहेका बेला सेनाको प्रभूत्व रहेको सिसिएमसीले विवरण संकलन र विश्लेषणका लागि २५ जना खटाएको छ।

पहिलो चरणमा  ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र दोस्रो चरणमा उनीहरुको सम्पर्कमा आएकाहरुको समेत विवरण संकलन गरिने भएको छ।

चिकित्सकका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याइन्छ । संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम गठन गरे पनि कति जनालाई गरिएको तथ्यांक बाहिर आउन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x