×

NMB BANK
NIC ASIA

ज्यानभन्दा दाउरा र स्याउला प्यारो

चैत २७, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

कोराना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनको उल्लङ्घन गर्दै सयौँको सङ्ख्यामा स्थानीयवासी रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको पाइएको छ । भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायका लागि चाहिने पिरल (स्याउला) को खोजीमा उनीहरू निकुञ्जभित्र प्रवेश गरेका हुन् । 

Muktinath Bank

कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर देशभर सरकारले लागु गरेको लकडाउनको उल्लङ्घन गर्दै निकुञ्जभित्र प्रवेश गरेका छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ र ५ का महिलाहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको सयुंक्त गस्ती टोलीले फेला पारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मङ्गलबार ३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका लुकिछिपी निकुञ्ज प्रवेश गरेका १०० भन्दा बढी महिलालाई निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदलगुल्मको फाँकापोष्टका सेनाको संयुक्त टोलीले औजारसहित नियन्त्रणमा लिई छाडेको थियो ।


Advertisment
Nabil box
Kumari

हरेक वर्ष यो याममा पशु चौपायाका लागि चाहिने पिरल(स्याउला) लिन निकुञ्ज र मध्यवर्ती क्षेत्रले आसपासका बासिन्दाहरुबाट रु १५ को रसिद काटेर सीमित समयका लागि सुक्खा दाउरा, सोतर र स्याउला लिन वन खुला गर्दथे तर यो वर्ष कोराना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशभर लकडाउन गरेकाले लकडाउन खुला नहुन्जेल निकुञ्ज कार्यालयले काठ, पिरल सङ्कलनमा रोक लगाएको छ । 

Vianet communication
Laxmi Bank

यो वर्ष कोराना भाइरसका कारण भन्दै अहिलेसम्म वन खुला नभएपछि ज्यानको मायाभन्दा दाउरा र स्याउलाको माया मानेर पहिलो पटक स्याउला र दाउरा सङ्कलनका लागि स्थानीय महिलाहरू निकुञ्जभित्र प्रवेश गरेका थिए । 

मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई समेत यो समयमा वन जङ्गलमा नजान जानकारी गराउँदै आएको भए पनि अटेर गरेर निकुञ्जभित्र प्रवेश गर्ने गरेको लामा लेख सेरी मालिका मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर मल्ल बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x