सुर्खेतको देउती नागरिकले गर्‍यो डेढ लाख बराबरको राहत वितरण

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेतको देउती नागरिक यातायात प्रालिले कर्मचारी, नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र स्थानीयलाई राहत वितरण गरेको छ ।

बिहीबार कार्यालयमा २० जना कर्मचारीलाई प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ नगद, ५० किलो चामलसहित राहत वितरण गरेको छ ।


Advertisement

समितिले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई २५ किलोग्रामका ३० बोरा चामल, डेढ क्विन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नून प्रदान गरेको छ । स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपाङ्गता भएका अर्का एक अशक्त व्यक्तिलाई सोही बराबरको राहत सामग्री वितरण गरेको छ ।

‘लकडाउनको समयमा कर्मचारीलाई कुनै समस्या नहोस्, आर्थिक रुपमा समस्या भएका कारण भोकै बस्न नपरोस् भनेर हामीले राहत वितरण गरेका हौं,’ अध्यक्ष कमल खड्का जुनीले भने, ‘यसबाट हाम्रा कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधै कर्मचारीको साथमा रहेको सन्देश दिनका लागि नगदसहित राहत सामाग्री वितरण गरेका हौं ।’


Advertisement

देउती नागरिक यातायातले महासंघलाई पनि राहत दिएको उनले बताए । ‘महासंघसँग हाम्रो विगतदेखिको सहयात्रालाई थप योगदान दिनका लागि हामीले यो थोरै राहत दिएका हौं,’ अध्यक्ष खड्काले भने, ‘यसबाट महासंघका सदस्यको केही समस्या समाधान हुने अपेक्षा कम्पनीले गरेको छ ।’

पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले यातायात प्रालिले महासंघलाई गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे । ‘कोरोनाको भयावह अवस्थामा राज्यले गर्नुपर्ने काम तपाईंहरूले गर्नुभएको छ । यो अत्यन्तै प्रशंसनीय काम हो,’ उनले भने, ‘यो राहत हामी श्रमजीवि पत्रकार जसलाई अति आवश्यक परेको छ, उसलाई वितरण गर्नेछौं ।’

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्