असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चैत २७, २०७६
इन्डोनेसियाको माउमेरमा एउटा जहाज (फेरी) मा कोरोनाभाइरस संक्रमितहरू पनि चढेको भनी हल्ला फैलिएपछि आत्तिएका यात्रुहरू भागेका छन् ।
घटनाको भिडियोमा यात्रुहरूले ज्यान जोखिममा राख्दै फेरीबाट हाम्फालेको देखिन्छ ।
हाम्फालेपछि यात्रुहरू पौडेर तटतर्फ गएका थिए । अधिकारीहरूले फेरीलाई किनार लाग्न दिन चाहेनन् किनकि कोरोनाभाइरस फैलिने डर उनीहरूलाई लाग्यो ।
फेरी इन्डोनेसियाको बोर्नियो हुँदै माउमेरस्थित तटमा जान खोज्दैथियो । फेरीका तीनजना कर्मचारीलाई कोरोनाभाइरस लागेको भनी हल्ला फैलियो ।
फेरीको डेकमा भीड जम्मा भयो र मानिसहरू सुन्तला रंगको लाइफ ज्याकेट लगाएर समुद्रमा हाम्फाल्न थालेपछि अन्य यात्रुले भिडियो खिचे ।
पछि उक्त जहाजलाई किनार लाग्न दिने कि नदिने भनी अधिकारीहरूले तर्कवितर्क गरेको एक अधिकारीले बताए ।
पछि चाहिँ स्वास्थ्यकर्मीहरूले सुरक्षा वस्त्र लगाएर लाम्बेलु नामक जहाजमा यात्रुहरूको स्वास्थ्य परीक्षण गरेका थिए । जहाजलाई किनार लगाएर यात्रुहरूलाई क्वारेन्टीनमा पठाइएको थियो ।
जहाजमा २५५ यात्रु थिए । तीमध्ये अधिकांश मलेसियाबाट घर फर्किरहेका आप्रवासी कामदार थिए ।
कोरोनाको डर फैलिँदै गर्दा माउमेरका निवासीहरूले तटमा भेला भएर जहाज त्यहाँ आएको विरोध गरेका थिए । घटना मंगलवार भएको हो ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...