वुहानमा लकडाउन हटाइएपछि आएको पहिलो विमानलाई स्थानीयले गरे स्वागत (भिडियो)

कोरोनाभाइरस संक्रमण रोक्नका लागि लगाइएको कडा लकडाउन ७६ दिनपछि अधिकारीहरूले हटाएका छन् । यससँगै आएको पहिलो विमान र ट्रेनलाई स्थानीय बासिन्दाहरूले स्वागत गरेका छन् । 

चीनले गत जनवरी २३ मा वुहान प्रवेश गर्ने सबै ७५ वटा नाका बन्द गरेको थियो । 


Advertisement

तर हिजोबाट शहरबाहिर जाने ट्रेनहरू चल्न थालेका छन् र प्रमुख राजमार्गहरू पनि खोलिएको छ । 

वुहानमा विगत १४ दिनमा जम्मा दुई नयाँ संक्रमण देखिएको खबर आएपछि लकडाउन हटाइएको हो । 


Advertisement

तर चिनियाँ अधिकारीहरूले नागरिकलाई हिँडडुलको थप स्वतन्त्रता दिने कि संक्रमणको दोस्रो लहर नियन्त्रणमा लिने भन्ने विषयमा सावधानी अपनाइरहेका छन् । 

लकडाउनपछि वुहानमा ओर्लिने पहिलो यात्रुवाहक विमान सियामेन एयर फ्लाइट ८०९५ हो । भिडियोमा यस विमानलाई अवतरणपछि पानीको सलामी दिइएको देखिन्छ । 

अनि लामो दूरीको यात्रुवाहक ट्रेन के८१ पनि वुहानको वुचाङ रेलवे स्टेसनमा राति १२ः५० मा आइपुगेको थियो । 

उक्त ट्रेन शान्सी प्रान्तको राजधानी सियानबाट ग्वान्जाउ जाने क्रममा वुहान पुगेको हो । रेलमा ४४२ जना यात्रु थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्