भाटभटेनीद्वारा २५ लाख सहयोग

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस, (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग  गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटको यहाँस्थित शाखा प्रवन्धक चक्र लालचनले बुधबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


Advertisement

मुख्यमन्त्री गुरुङले विपद्को सामना गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा सो स्टोर्स परिवारप्रति आभार व्यक्त गर्दै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गर्नुभयो । भाटभटेनीले देशका अन्य प्रदेश सरकारलाई समेत सहयोग गर्ने भएको छ ।

सरकारले  सो भाइरसको जोखिम न्यूनीकरण , उपचार तथा राहत वितरणका लागि यही चैत १२ गते सो कोष स्थापना गरेसँगै सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट रकम जम्मा हुने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका तथा रुपा गाउँपालिकाले समेत कोरोना रोकथामलाई लक्ष्य गरी कोष खडा गरेका छन् । 
 


Advertisement

कमेन्ट गर्नुहोस्