×

NMB BANK
NIC ASIA

विदेशबाट फर्केका सबैलाई एकान्तबास : औषधि र सुरक्षा भत्ता घरघरमै

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 विदेशबाट हालसम्म  घर फर्किएका सबैको  स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले भने, 'घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस , (कोभिड—१९)को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गर्न चैत दास्रो साता पत्राचार गरेपछि पहिचान गर्न थालिएको हो । 'कोराना भाइरसको जोखिम बढ्दै गएपछि चैत महिनामा विदेशबाट अधिकांश घर फर्किएको पाइएको छ', प्रमुख डा झाले भने ।
 
यसअघि मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएकोमा सातलाई १४ दिनका बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको नगर उपप्रमुख निर्मला शाहीले जानकारी दिए । 'बाँकी एक पुरुषको आज वा भोलि स्वास्थ्य जाँच गरी घर फर्काइनेछ', उनले भने । यसपछि यहाँका सबै क्वारेन्टाइन खाली हुनेछ ।


Advertisment
Nabil box
Kumari

 यसैबीच, स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । ती मध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

Vianet communication
Laxmi Bank

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शीर मेमारियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । धुलिखेलमा हालसम्म ओइसोलेसनमा राखी कोरोना भाइरस परीक्षण गरिएका १७ सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

 विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ । 

घरमै औषधि र सुरक्षा भत्ता

नमोबुद्ध नगरपालिकाले आफ्ना क्षेत्रमा रहेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधी पु¥याउन थालेको छ । ‘लकडाउन’का कारण स्थानीय दीर्घरोगीले औषधी उपलब्ध गराउन नसकेक्ने भएपछि नगरले उनीहरुको घरमै औषधी पुर्‍याउन थालेको हो । 

नियमित औषधी सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले दीर्घरोगीको घरमै औषधी पु¥याउन थालिएको नगरप्रमुख टीपी शर्माले जानकारी दिए । उनले भने 'रोगीलाई चिकित्सकले दिएको प्रेस्क्रिप्शनका आधारमा निःशुल्क औषधी उपलब्ध गराइरहेका छौँ ।' उहाँका अनुसार दीर्घ रोगी पहिचान अभियानसँगै औषधी वितरणको काम थालिएको हो । 

नगरले हाल मधुमेय, रक्तचाप, बाथ, छारेरोग तथा मुटुरोगीका विरामीलाई उनीहरुको घरमै औषधी निःशुल्क उपलब्ध थालेको हो । वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले रोगीको विवरण पहिचान गर्दै औषधी वितरण गरिरहेको शर्माले बताए। उनले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्न नदिन वडा कार्यालयलाई परिपत्रसमेत गरेका छन् । 

यसैबीच, मण्डनदेउपुर नपा–८ का वडाध्यक्ष झलकप्रसाद पौडेल सामाजिक सुरक्षा–भत्ता वितरण गर्न घरघरमै जान थाल्नुभएको छ । लकडानउका कारण जेष्ठ नागरिक, एकल महिला, अशक्त नागरिक वडा कार्यायसम्म सामाजिक सुरक्षा–भत्ता लिन आउन नसक्ने भएकाले उनीहरुको घरघरमै पुर्‍याउन थालेको पौडेलले बताए। 'हामी जनताको सेवक हौँ, अप्ठेरो पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो' उनले भने ।  राजकुमार पराजुली,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x