×

NMB BANK
NIC ASIA

पैदलै घर जाने क्रममा भोकका कारण मजदूरको मृत्यु

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको कर्नाटकको बेल्लारीमा एक महिला मजदूरको भोकका कारण मृत्यु भएको छ । 

Muktinath Bank

लकडाउन लगाइएपछि ती महिला बेंगलुरुबाट ४१२ किलोमिटर पर रहेको रायचुरका लागि पैदलै हिँडिन् । खाली खुट्टा भोकप्यास सहँदै हिँडेकी उनको बाटैमा मृत्यु भयो । उनी ३०० किलोमिटर हिँडिसकेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलाको नाम गंगाम्मा हो र उनी २९ वर्षकी थिइन् । 


Advertisment
Nabil box
Kumari

लकडाउनपछि मजदूरी गर्न नपाएर उनी लगायतका मजदूरहरू बेंगलुरु छोड्न बाध्य भए । कसैले पनि उनीहरुलाई गाडीमा राखेर लान मानेन । उनीहरु एउटा ट्य्राक्टर चढेका थिए तर त्यसलाई पनि तुमकुरुमा रोकियो ।

Vianet communication
Laxmi Bank

भारतको सर्वोच्च अदालत र केन्द्र सरकारले बारम्बार राज्य सरकारहरूलाई प्रवासी श्रमिकको भोजन र आश्रयको प्रबन्ध मिलाउन भनिरहेको छ । अनि मजदूरहरूलाई जहाँ बसेको हो, त्यहीँ रहन भनेको छ । 

गंगाम्माका पति एच मल्लिकार्जुनले बेल्लारी आश्रयस्थलमा भोकमरी र उपेक्षाका कारण पत्नीको ज्यान गएको आरोप लगाए । त्यहाँका कर्मचारीले बेवास्ता गर्दा गंगाम्माको ज्यान गएको उनले बताए ।

उता विजयनगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका चिकित्सकहरूले गंगाम्मा मिर्गौला रोगबाट पीडित रहेको र उनलाई हेपाटाइटिस बी पनि रहेको र त्यसैले गर्दा उनको मृत्यु भएको बताएका छन् । 

मुख्यमन्त्री बीएस येदुरप्पाले गंगाम्माको मृत्युप्रति शोक व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x