साउदी राजपरिवारका १५० जनामा देखियो कोरोनाभाइरस

साउदी अरबको राजपरिवारका १५० जना सदस्यलाई विगतका केही हप्तामा कोरोनाभाइरस देखिएको द न्युयोर्क टाइम्सले खबर दिएको छ । 

साउदी राजकुमार फैसल बिन बन्दर बिन अब्दुलअजिज अल साउदलाई भाइरस लागेपछि सघन उपचार इकाइमा राखिएको द न्युयोर्क टाइम्स लेख्छ । उनी राजधानी रियादका गभर्नर हुन् र ७० वर्षभन्दा बढी उमेरका छन् । 
संक्रमण नसरोस् भनी राजा सलमान र युवराज मोहम्मद बिन सलमान एकान्तवासमा गएका छन् । 


Advertisement

राजपरिवारको उपचार गर्ने किंग फैसल स्पेसलिस्ट अस्पतालमा चिकित्सकहरूले रोगीको संख्या बढ्न सक्ने देखेर ५०० शय्या थपेका छन् । 

‘देशभरिका भीआईपी भर्ना हुन सक्ने भनी निर्देशिका आएको छ,’ अस्पतालका सञ्चालकहरूले चिकिसकहरूलाई मंगलवार विद्युतीय सन्देश पठाएको पाइएको छ । उक्त सन्देश द न्युयोर्क टाइम्सले पनि फेला पारेको हो । 


Advertisement

‘कतिवटा केस आउन सक्छन् हामीलाई थाहा छैन तर उच्च सतर्क अवस्थामा बस्नुपर्नेछ,’ सन्देशमा लेखिएको छ । अस्पतालमा भर्ना भएका दीर्घरोगीलाई तत्कालै हटाउन र अर्जेन्ट केस भएका रोगीलाई मात्र भनाए लिइने पनि सन्देशमा उल्लेख छ । 

राजपरिवारका लागि ठाउँ खाली गर्न संक्रमित कर्मचारीहरूलाई अर्को अस्पतालमा उपचार गरिने सन्देशमा भनिएको छ । 

साउदीमा हजारौैं राजकुमार छन् । उनीहरू युरोपेली मुलुकहरू पुगिरहेका हुन्छन् र त्यहाँ नै संक्रमित भएर उनीहरूले साउदी अरबमा भाइरस भित्र्याएको द न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्