कोरोना लागेको २ महिने शिशु निको भएर अस्पतालबाट डिस्चार्ज

इरटलीमा कोभिड–१९ बाट संक्रमित दुई महिनाको शिशु निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको विभिन्न सञ्चारमाध्यमले खबर दिएका छन् । 

शिशुलाई ज्वरो नआएको र आमासँगै डिस्चार्ज गरिएको थियो । आमालाई निमोनिया लागेको थियो । 


Advertisement

उनीहरूलाई मार्च १८ मा दक्षिणी शहर बारीमा रहेको अस्पतालमा भर्ना गरिएको थियो । 

इटलीमा १७ हजार ६६९ जनाको मृत्यु कोभिड–१९ संक्रमणका कारण भएको छ जुन अन्य मुलुकको भन्दा धेरै हो । 


Advertisement

तर अहिले मृत्युदर घटेसँगै सरकारले लकडाउन खुकुलो पार्ने योजना बनाइरहेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्