×

NMB BANK
NIC ASIA

कोरोनाको डरमा रहेका सेवाग्राहीलाई भरतपुर अस्पतालले भन्यो– प्रसुति सेवामा कुनै समस्या छैन

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर अस्पतालमा प्रसुति सेवा निःशुल्क रहेको छ, तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेल अस्पतालको प्रसुति विभाग छुट्टै भवनमा भएकाले पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

लकडाउनका कारणले सुत्केरी गराउन अस्पताल आउनेको सङ्ख्या केही कमी भएको र अस्पतालको जस्तो सुविधा अन्यत्र नरहेको बताए ।

Vianet communication
Laxmi Bank

अस्पतालको प्रसुति रोग विभागमा १४ विशेषज्ञ चिकित्सक तथा ८० नर्स तथा स्वास्थ्यकर्मी रहेका छन् । डा. पोखरेलले भने, 'हाम्रो सेवा उत्कृष्ट छ । अन्यत्र दाँज्नै मिल्दैन । कोरोनाको डर मान्नुपर्ने अवस्था रहेको छैन ।'

सबै अस्पतालमा छुट्टै फिवर क्लिनिक र आइसोलेशन शय्या रहेको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष १३ हजार ५०० र यसवर्ष चैत महिनासम्म नौ हजार ७२८ एक हजार ११ ले प्रसुति सेवा लिएका थिए ।

अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधि बस्यौलाका अनुसार यहाँ १२ शय्याको सघन उपचार कक्ष, ६ जना क्षमताको कंगारु मदर केयर, १५ श्ययाको नवजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाइ छ ।

बालरोग विभागमा १० जना विशेषज्ञ चिकित्सक र चार जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।

सघन उपचार कक्षमा दैनिक १ हजार लिइन्छ भने अन्य सबै सेवा नि:शुल्क छ । सघन उपचार कक्षमा निजीमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ । 

काठमाडौको परोपकार प्रसुति गृहपछि भरतपुर अस्पतालमा धेरै प्रसुति गराउने गरेको तथ्याङ्क छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रसुति सेवा प्रदान गर्न कुनै समस्या नभएको बताउँछन् ।

भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल बनेको हो । सो अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

हरेक वर्ष अस्पतालमा ३ लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० श्यया छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x