×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारको राहत प्याकेज : प्रतिपरिवार ३ हजार, कर दाखिलाको म्याद थप

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) ले निम्त्याएको संकटका बेला सुदूरपश्चिम प्रदेश सरकारले राहत प्याकेज घोषणा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विभिन्न प्रकारको राहत कार्यक्रमबारे जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले गरीब, असहाय र विपन्न प्रतिपरिवारलाई ३ हजारका दरले स्थानीय तहमार्फत १६ करोड बराबर राहत रकम बाँड्ने निर्णय गरेको मन्त्री शाहले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रदेशस्थित सबै जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारले आवश्यक व्यवस्थापन गर्न ५ लाखका दरले बजेट उपलब्ध गराउने भएको छ भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी सुरक्षाका ३ वटै अंगलाई १५ लाखका दरले आवश्यक खर्च र व्यवस्थापनका लागि दिने निर्णय गरेको मन्त्री शाहले जानकारी गराए ।

Vianet communication
Laxmi Bank

प्रदेशस्थित सबै जिल्ला अस्पतालका लागि भेन्टिलेटर खरिद गरिने भएको छ । तत्काल २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए ।

प्रदेश सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको १५ लाखको जीवन बिमा गर्ने भएको छ ।

लकडाउन अवधिभरका लागि संघीय सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि गरेको २५ लाखको जीवन बिमा रकममा १५ लाख थपिँदा ४० लाख पुगेको छ ।

प्रदेश सरकारले सञ्चारकर्मीहरूका लागि पनि १५ लाखको जीवन बिमा गरिदिने निर्णय गरेको मन्त्री शाहले सार्वजनिक गरे ।

प्रदेश सरकारले फागुन मसान्तसम्ममा दाखिला गर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गरेको छ ।

मन्त्री शाहले प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने करको म्याद वैशाख मसान्तसम्म थप गर्ने स्वीकृति प्रदान गरिने जानकारी दिए ।

मन्त्रिपरिषद्बाट सुदूरपश्चिम कोरोनाभाइरस (कोभिड १९) रोगको रोकथाम, उपचार तथा नियन्त्रण व्यवस्थापन कोष स्थापना सञ्चालन निर्देशिकालाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x