कोरोना संक्रमणको जोखिम बढेपछि २२ कैदीबन्दी रिहा

प्रतिकार्यात्मक तस्वीर।

कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम रोक्न धादिङका २२ कैदीबन्दी रिहा भएका छन्।

फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजाय भुक्तान गर्न बाँकी कैदीलाई सजाय भुक्तान हुन बाँकी समयको प्रत्येक दिनको तीन सयका दरले राजश्व दाखिला गरेपछि कैदीबन्दी छुट्ने व्यवस्था रहेको जिल्ला कारागार शाखाका प्रमुख गंगाराम योगीले जानाकारी दिए।


Advertisement

कारागारबाट छाडिएकामा ४ महिला तथा १८  पुरुष छन्। यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको छ। 


Advertisement

कमेन्ट गर्नुहोस्