भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद

File Photo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहीबार साँझ भिडियो कन्फरेन्समार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग हालको कोरोना भाइरस रोकथाम र नियन्त्रणको स्थितिमा कसरी अनलाइन प्रणालीमा शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गरेका छन्।

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गरेका हुन्।


Advertisement

मन्त्री पोखरेलले विषम स्थितिमा हाल विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिई सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि पनि तयार रहन निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्