कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले तीन साता लामो लकडाउन गरेपछि सबैभन्दा बढि चिन्तित गरिब र श्रमिकहरु नै भएका थिए ।
ज्याला मजदुरी गरेर साँझ बिहानको हातमुख जोड्ने गरिब र श्रमिकहरुले कोरोनाले भन्दा पहिला भोकले नै मरिने हो की भनेर चिन्ता गर्न थालेको बेला घरमै बसीबसी सरकारले दिएको राहत (खाद्यान्न लगायतका सामग्री) पाएपछि सरकार गाउँमै आएको भन्दै खुसी प्रकट गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिमार्फत सरकारले राहत वितरणको मापदण्ड नै बनाएर टोलटोलमा पुगी राहत वितरण गर्न थालेपछि गरिब र श्रमिकहरुले ठूलो राहत भएको अनुभूति गरेका छन् । “दिनभरि काम गरेको ज्यालाले बेलुकी रासन किनेर जहान परिवार पाल्ने हामी जस्ता मजदुरलाई लकडाउनका कारण काममा जान नपाउँदा भोकै मरिने हो कि भन्ने डर थियो”, म्याग्दीको गुर्जाबाट कामका लागि बेनी नगरपालिका–२ बगरफाँटमा आएका सकबहादुर विकले भने, “सरकारले गरिबलाई खोजीखोजी चामलका बोरा, तेल, दाल, साबुनलगायतका पोका दिएपछि ढुक्क भइयो ।”
सकबहादुर जस्तै सदरमुकाम बेनी, खबरा, बगरफाँट, चुत्रेनी, पर्वत बेनी, कालीपुल, पर्वत बगर, गलेश्वर लगायतका ठाउँमा २०० भन्दा बढी श्रमिक र मजदुरको अस्थायी बसोबास रहेको छ । उनीहरुले पहिलो पटक काम नगरी घरघरमा खाद्यान्नलगायतका सामग्री पाएपछि सरकार आफ्नै जस्तो लागेको र गरिब र श्रमिकहरु भोकले मर्न नपर्ने विश्वास जागेको बताएका छन् ।
“वडाध्यक्षलगायतका जनप्रतिनिधिले गाडीभरि चामल दाल, तेल र साबुन ल्याएर टोलटोलमा गरिब र मजदुरहरुलाई बोलाई ती सामान दिएर जानुभयो”, बेनी नगरपालिका–२ ज्यामरुककोटमा वडा कार्यालयले वितरण गरेको राहत सामग्री बुझेकी तिला मगरले भनिन्, “उनी (श्रीमान्) काममा नजाँदा खानेकुरा (दाल, चामल) किन्ने पैसा थिएन, सरकारले नदिएको भए त भोलिदेखि भोकै बस्नु पथ्र्यो ।”
अहिले म्याग्दीका छ वटै स्थानीय तहमा धमाधम राहत वितरणको काम भइरहेको छ । जनप्रतिनिधिहरुले वडावडामा सर्वदलीय र सर्वपक्षीय भेला बोलाई वास्तविक गरिब र श्रमिकको पहिचान गरी सूची नै बनाएर सङ्घीय सरकारले उपलब्ध गराएको मापदण्डानुसारको राहत वितरण गरिरहेका छन् ।
स्थानीय तहका वडाहरुमा न्यूनतम ६२ देखि अधिकतम १५२ जनासम्म गरिब र श्रमिक पहिचान भएका र उनीहरुका घरघरमा राहत सामग्री पुगिसकेको जनप्रतिनिधिहरुले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सरकारले उपलब्ध गराएको बजेट निकासा गर्न नसकेपछि रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नै निजी खर्चमा रु चार लाखको खाद्यान्न सामग्री खरिद गरी गाउँपालिकाभित्रका गरिब र श्रमिकलाई वितरण गरेको बताए।
जिल्लाका सबै स्थानीय तहले राहत वितरण कार्यलाई अन्तिम चरणमा पुर्याएको बताएका छन् । मालिका गाउँपालिका र मङ्गला गाउँपालिकाले सबै वडामा राहत वितरण गरिसकेका छन् भने अन्नपूर्ण र धौलागिरि गाउँपालिकाले दुईतीन भित्रमा वितरण गरिसक्ने स्थानीय जनप्रतिधिहरुले बताएका छन् । रघुगङ्गा गाउँपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा सरकारीस्तरको राहत वितरण गर्न नसके पनि गाउँपालिकाका अध्यक्ष भण्डारी आफैँले राहत वितरण गरेका छन् । ध्रुवसागर शर्मा,रासस
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...