×

NMB BANK
NIC ASIA

महाव्याधिले उजागर गरिदियो अमेरिकाको भयावह असमानता

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वर्षौंदेखि मेरी पी कान्सास शहरका ठूला कार्यालयहरूको सरसफाइ गर्ने गर्थिन् । उनलाई एक कम्पनीले सफाइको काममा खटाएको थियो अनि एक दशकअघि एक्कासि उनलाई अर्को कम्पनीमा सारिएको भनियो । 

Muktinath Bank

मेरी पीले तिनै ठूला कार्यालयमा सफा गरिरहिन् भने माथिल्लो पदमा रहेकाहरूले कम्पनीको नाफा कुम्ल्याइरहे । तर मेरी जस्ता न्यून आय भएका कर्मचारीको तलब पनि घट्यो, स्वास्थ्य सेवा सुविधा गायब भयो र सुरक्षित भन्ठानेको जागिर कुनै पनि बेलामा खुस्किने डर रह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि अचानक कोरोनाभाइरस आइपुग्यो । 


Advertisment
Nabil box
Kumari

‘उनीहरूले मलाइृ घर जाऊ भने । फेरि चाहिएमा बोलाउने उनीहरूले बताए । काम नगरेको पैसा मैले नपाउने रे । मेरो स्वास्थ्य बीमा यही अप्रिलको अन्तिमसम्मका लागि मात्र हो,’ वास्तविक नाम खुलाउन नचाहने मेरी पीले बताइन् । 

Vianet communication
Laxmi Bank

कोरोनाभाइरस १५ वर्षअघि आएको भए उनी आफूले सफाइ गर्ने कार्यालयका हाकिम जस्तै घरैमा बस्ने, तलब लिने र बिरामी हुँदा राम्रो स्वास्थ्य सेवा पाउने स्थितिमा हुन्थें होला भन्छिन् । तर अहिले उनी बेसहारा भएकी छन् । 

‘म फूड स्ट्याम्प्स र बेरोजगारी भत्ताका लागि निवेदन दिन त सक्छु तर त्यसले मेरो घरभाडा तिर्न पुग्दैन । म बिरामी भएँ भने के हुन्छ होला भनी डराउँछु । मैले घरैमा बस्नुपर्ने हुन्छ । डाक्टरलाई तिर्ने पैसा मसँग छैन,’ उनले भनिन् । 

लाखौं अमेरिकीहरूले बेरोजगारी भत्ताका लागि निवेदन दिएसँगै कोरोनभाइरस महाव्याधिले अमेरिकामा बढ्दै गएको असमानताका लागि कठोरताका साथ उजागर गरिदिएको छ । अतिधनाढ्य र अन्य व्यक्तिबीचको खाडल गहिरिँदै गएको छ । रोजगारीको स्तर र त्यससँगै आउने सामाजिक सुरक्षामा पनि ठूलो असमानता छ । 

वाशिङटनमा रहेको इकोनोमिक पोलिसी इन्स्टिच्युटमा वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गर्ने एलिस गूल्डले भनिन्, ‘असमानता जागिरको मात्र कुरा हैन, तलबको मात्र कुरा हैन । यो त स्वास्थ्य र काम गर्ने वातावरण तथा स्वास्थ्य बीमाको समेत कुरा हो । यी सबैले यस देशमा दुई नितान्त भिन्न समाज छन् भन्ने देखाउँछ । असमानता बढेकाले झन् झन् बढी मानिस जोखिममा पर्न थालेका छन् ।’

महाव्याधिका कारण बेरोजगारीको समस्या ह्वात्तै बढेको अमेरिकामा मात्र हैन । तर अमेरिकी कामदारहरू विशेष जोखिममा छन् किनकि तिनीहरूलाई फ्रान्स वा जर्मनीमा जस्तो कल्याणकारी सुरक्षा व्यवस्था छैन अनि बेलायत र क्यानडामा जस्तो सार्वजनिक स्वास्थ्य सेवा पनि छैन । 

अर्को देशमा जागिर निर्यात गर्ने काम (आउटसोर्सिङ), कन्ट्य्राक्टमा काम गराउने र फ्रीलान्सर जागिरेहरूको वृद्धि भएपछि कामदारहरू अचानक आउने आर्थिक झड्काको शिकार बन्ने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x