×

NMB BANK
NIC ASIA

दैलेखको एउटा ‘बिरामी एम्बुलेन्स’, जो उपचार खर्च अभावमा ग्यारेजमै थन्कियो

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको आठबीस नगरपालिका वडा नं. १ मा सञ्चालनमा आइरहेको एम्बुलेन्स गत असोजदेखि नेपालगञ्जमा थन्किएको छ । सात्ताला स्वास्थ्य चौकीको भे १ झ ३३२ नम्बरको एम्बुलेन्सले आठबीस नगरपालिकाका अलावा अछाम तथा कालिकोटमा सेवा दिँदै आइरहेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

तर अहिले कोरोनाको त्रास बढेको बेलामा उपचार खर्च नपाएर एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । वडा नं. १ का स्थानीय खेमराज थापाका अनुसार गाउँमा एम्बुलेन्स सञ्चालनमा नहुँदा बिरामीलाई २/३ घण्टा बोक्नुपर्ने बाध्यता आइलागेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिरामी भइहाले भने उनीहरुलाई कसरी उपचारका लागि लैजाने ? जताततै कोरोनाको त्रासमा रहेको समयमा ?’ थापाले भने, ‘नेपालगञ्जको सिप्रदीको ग्यारेजमा एम्बुलेन्स थन्किएको भन्ने सुनेको छु । वडामा एम्बुलेन्स आइदिएको भए अत्यन्तै राहत हुने थियो । यसतर्फ सरोकारवाला निकायको ध्यान गएन कि भन्ने लागेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले एम्बुलेन्स बिग्रिएको ६ महिनाभन्दा बढी भएको तर बनाउनमा कसैले चासो नदिएको दुखेसो पोखे । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणस्थल रहेको उक्त वडामा जिएमआरकै सहयोगमा एम्बुलेन्स आएको हो । उक्त एम्बुलेन्स आएको ४ वर्ष भएको छ ।

Vianet communication
Laxmi Bank

एम्बुलेन्स बनाउँदा नगरपालिकाले एक पटक तीन लाख ७० हजार दिएको थियो । गत असोजमा नेपालगञ्जमा रोकिराखेको ट्रकमा एम्बुलेन्स चालक कृष्णबहादुर शाहीले ठक्कर दिए । एम्बुलेन्समा ठूलो क्षति भयो । सिप्रदी ग्यारेजमा सुधार गर्न भनेर वडा कार्यालयले पठायो तर त्यहाँ १४ लाख रुपैंया लाग्ने भएपछि नगरपालिकाले त्यति पैसा दिन नसकिने बतायो ।

‘ट्रकसँग ठक्कर भएता पनि बीमा गरिएको भए सायद सुधार्न लाग्ने खर्च त्यतैबाट आउँथ्यो । तर बीमा गरेको पनि देखिएन । जसका कारण सुधार गर्न समस्या भयो,’ एक स्थानीयले भने ।

उनले सरकारी सम्पतिमाथिको दुरुपयोग भएको बताए । ‘बीमा अवधि सकिएको धेरै समय बितेपनि कोही कसैले वास्ता नै गरेनन्,’ उनले भने, ‘अहिले नगरपालिकाका लागि उक्त एम्बुलेन्स घाँडो भएको छ ।’

वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले एम्बुलेन्सको लागत १४ लाख लाग्ने भएका कारण त्यो बनाउनुभन्दा नयाँ खरिद गर्ने बारेमा कुराकानी भइरहेको बताए । जीएमआरले एम्बुलेन्स दिएको बताउँदै चालकका लापरवाहीका कारण एम्बुलेन्स थन्किएको उनको आरोप थियो ।

‘कम्तीमा चालकले ख्याल गरेर चलाएको भए, बीमा बारेमा जानकारी राखेको भए यो अवस्था आउँदैन थियो,’ उनले भने, ‘गाडीबारे मलाइ सबै कुराको जानकारी नभएका कारण समस्या भएको हो ।’

एम्बुलेन्सको पर्याप्त आम्दानी नदेखिने, गाउँमा बढी यात्रा गर्नुपर्ने भएकाले सुधार खर्च बढी लाग्ने जस्ता समस्या देखिएको उनको भनाइ छ । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले नगरपालिकाले केही समयअघि केही अनुदान दिएपनि बारम्बार एम्बुलेन्सलाई पैसा दिन नसकिने बताइन ।

‘उहाँहरुलाई अनुदान आवश्यक पर्ने हो भने आम्दानी र खर्चको हिसाब पनि त चाहियो नि ?’ उनले प्रश्न गरिन्, ‘उहाँहरुलाई दिइरहने तर नगरपालिकाले केही नपाउने हिसाबमा नगरले लगानी गर्न सक्दैन । त्यत्रो पैसा खर्च गर्नु भन्दा ९ लाख रुपैयाँमा नयाँ एम्बुलेन्स नै आउने भएका कारण हामी त्यतातर्फ केन्द्रित भएका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x