×

NMB BANK
NIC ASIA

प्रदेश कोषमा रु ११ करोडभन्दा बढी रकम

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ ।

Muktinath Bank

कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोषमा बुटवलस्थित साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रु २५ लाख ५० हजार जम्मा गरेको छ । त्यसैगरी भाटभटेनी सुपरमार्केटले पनि रु २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले रु १०­ १० लाख जम्मा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी सिटिजन बैंक रु सात लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बीमा संस्थानले रु पाँच÷पाँच लाख जम्मा गरेका छन् । यसैगरी उक्त कोषमा गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले रु चार। चार लाख जम्मा गरेका छन् ।

Vianet communication
Laxmi Bank

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु तीन लाख ९६ हजार ९७, क्रिमसन कलेजले रु दुई लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिले रु दुई लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले रु दुई लाख २२ हजार २२२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रु दुई लाख ५० हजार, सामूहिक वचत तथा ऋण सहकारी सस्थाले रु दुई लाख रकम जम्मा गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।

त्यसैगरी व्यक्तिगतरुपमा बुटवल–११ निवासी शेरबहादुर गुरुङबाट रु एक लाख पाँच हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट रु एक लाख, लीलामणि पौडेलबाट रु ५० हजार र कृष्णबहादुर केसीबाट रु ४० हजार ५५५ जम्मा भएको छ ।

जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने यस्तै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत लिने छ महिनाको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवल उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ ।

बुटवलको राहत कोषमा यसअघि रु ५० लाख जम्मा भइसकेको छ । उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलब्ध हुँदै आएको छ । सोहीबापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उपमहानगरको हालै बसेको सङ्कटकालीन (आपत्काल) व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ताबापतको रु एक लाख ४२ हजार हुन आउँछ । यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीले पनि पारिश्रमिकको केही ंहिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् ।

उपमहानगरका ३०६ कर्मचारीले एकमुष्ट रु ११ लाख दुई हजार ९३७ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो । विभिन्न सङ्घसंस्था र नागरिक अगुवाले समेत उक्त कोषमा करिब रु १० लाख जम्मा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x