×

NMB BANK
NIC ASIA

कोरोनाबाट अमेजन जंगलमा बस्ने आदिवासी पनि रहेनन् अछुतो, भयङ्कर संकट निम्तिने चेतावनी

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिल र भेनेजुएला सीमा क्षेत्रमा बस्ने यानोमामी समुदायको एक १५ वर्षीय किशोर कोरोना संक्रमित भएका छन् ।

Muktinath Bank

स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई ब्राजिलको रोरिमा प्रदेशको एक अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा ती किशोरलाई कोरोना संक्रमण भएको पत्ता लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई गत अप्रिल ३ तारिखका दिन एकदमै गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो ।


Advertisment
Nabil box
Kumari

अमेजनको दुर्गम क्षेत्रमा बस्ने आदिवासीमा कोरोना भाइरसको पहिलो केस देखिएको हो । ब्राजिलको ग्लोब नामको सञ्चारमाध्यमले यसको पुष्टि गरेको छ ।

Vianet communication
Laxmi Bank

यानोमामी समुदाय ब्राजिलकै ठूलो आदिवासी समूह रहेको बताइन्छ । उनीहरू करीब २ सय गाउँमा बस्ने गर्छन् र २३ लाख एकड जमिन ओगटेका छन् ।

उनीहरू ब्राजिलको सबैभन्दा दुर्गम मानिने क्षेत्रमा बस्छन् । तर कोरोना संक्रमण भेटिएको उक्त किशोर चाहिँ स्कूलबाट सिधै घर नगइ मुकाजी नदीको किनारमा पुगेपछि कुनै त्यहाँस्थित कसैको संसर्गबाट संक्रमण सरेको हुनसक्ने बताइएको छ ।

उक्त आदिवासी समूदायमा वृद्ध-वृद्धाको संख्या निकै ठूलो भएकाले संक्रमण फैलिहालेमा मृत्युदर निकै उच्च हुने अनुमान गरिएको छ । यदि त्यहाँ संक्रमण रोक्न नसकिएमा उनीहरूको स्थानीय शासनव्यवस्था मै खलल आउन सक्ने अन्तर्राष्ट्रिय विज्ञहरूले बताएका छन् ।

कोरोनाबाट जोगिन उनीहरूले शिकार गर्ने सामानहरूसहित सानो सानो समूह बनाइसकेका छन् । एक समूहबाट अर्को समूहमा फैलिन नदिन उनीहरू सचेत बनिरहेको स्थानीय सञ्चारमध्यमहरूले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x