निर्धक्क भएर काम गर्नुहोस् सरकार साथमा छ - स्वास्थ्य राज्यमन्त्री

कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गरेका छन् ।

आज जाजरकोट सदरमुकाममा स्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्दै मन्त्री रावतले सो कुरा बताएका हुन् ।


Advertisement

सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाहीको निरीक्षण गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

मन्त्री रावतले भने, ‘स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो सङ्कटको घडीमा जोगिन र जोगाउन संवेदनशील बन्नुपर्ने पर्छ ।’


Advertisement

जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउनेसमेत उनले बताए । केही स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयमा मन्त्री रावतले हस्तान्तरण गरेका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्