कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
प्रकृतिले हामीलाई सबचिज दिएको छ । जीवन दिएर मात्र पठाएको छैन, जिउने कला र आत्मरक्षा प्रणालीको समेत व्यवस्था गरिदिएको छ । आत्मरक्षा प्रणाली भनेको आन्तरिक सुरक्षा प्रणाली हो, जुन बाह्य सुरक्षा प्रणाली र प्रविधिभन्दा लाखौं गुणा बढी शक्तिशाली छ । जहाँ बाह्य सुरक्षा प्रविधि र प्रणालीले कामै गर्न छाडेको छ, त्यहीँ आन्तरिक सुरक्षा प्रणालीको भूमिका बढी हुन्छ ।
प्राणायाम एउटा त्यस्तै आन्तरिक सुरक्षा प्रणाली हो ।
प्राणायाम भनेको प्राणको बाटो चिन्नु पनि हो, प्राणको बाटोमा हिँड्नु हो । नाडी शोधन गर्नु यसको काम हो । नाडी शोधन भनेको जीवन शोधनकै अर्को नाम हो । जीवन शोधन भनेको जीवन शुद्ध बनाउनु हो, जीवनलाई बुद्ध बनाउनु हो, जीवनप्रति प्रबुद्ध हुनु हो, जीवन बनाउने पनि त्यसैले हो, हुर्काउने पनि त्यसैले हो, सजाउने पनि त्यसैले हो ।
प्राणायामका अनेक भेद छन् । कतिपय प्राणायाम कतिले गर्नै सक्दैनन् । कतिपय प्राणायाम कतिले गर्नैै हुँदैन, तर कुनै प्राणायाम यस्ता छन्, जसलाई जुनसुकै उमेर समूहका मानिसले सजिलै गर्न सक्छन् । फाइदाको दृष्टिले पंक्तिमै रहेको छ । यहाँ यस्तै प्राणायामबारे चर्चा केन्द्रित गरिएको छ, जुन अन्य कामका साथैसाथै हालको कोरोना भाइरससँग लड्न समेत सक्षम मानिएको छ । खासगरी कोरोना भाइरसले आक्रमण गर्ने भनेको फोक्सोमा हो । यस प्राणायमले फोक्सोलाई यति बढी बलियो बनाइदिन्छ कि सितिमिति उसले आक्रमण नै गर्न सक्दैन ।
प्राणायामको नाम:– यस प्राणायामको नाम नाडी शोधन प्राणायाम हो । यसले कुण्डलिनी जागरणमा सहयोग पुर्याउँछ । यस अर्थमा कुण्डलिनी जागरण प्राणायाम पनि भन्न सकिन्छ ।
विधि:– सामान्यतया यसलाई पद्माशन वा सुखाशनमा बसेर गर्दा राम्रो हुन्छ, तर यसको अर्थ यस्तै आशनमा बस्नुपर्छ भन्ने होइन । बसेर, उठेर, सुतेर जसरी पनि गर्न सकिन्छ । यसै समयमा गर्नुपर्छ भन्ने पनि छैन र यति नै समय गर्नुपर्छ भन्ने पनि छैन । तथापि बिहानको समय राम्रो हुन्छ । समय भने एउटै हुनुपर्छ ।
सर्वप्रथम खुला हावामा बस्नुपर्छ । नाकलाई चिसोबाट बचाउनुपर्छ । पातलो कपडा बेरेर यसको बचावट गर्न सकिन्छ । मेरुदण्ड सोझो बनाएर बस्नुपर्छ । दुवै नाकको प्वालबाट जोडसित लामो सास तानेर पेटमा भर्नुपर्छ । त्यसपछि त्यति नै समय सास रोकेर बस्नुपर्छ । अनि त्यति नै समय लगाएर जोडसित सास छाडिदिनुपर्छ ।
सास फाल्दा स्वाधिष्ठान तहमा हल्का दबाब परेको हुनुपर्छ, जुन नाभीमुनि रहेको हुन्छ । जो उच्च रक्तचापको रोगी छ, जसले लामो समयदेखि ब्लड प्रेसरको दबाई खाँदै आएको छ, त्यस्ता मानिसले भने विस्तारै तान्ने र छाड्ने गर्दा राम्रो हुन्छ । सास छाडेपछि पनि त्यति नै समय पेटलाई खाली रहन दिनुपर्छ । त्यसपछि क्रमशः पुनः अघिकै क्रम दोहोर्याउँदै जानुपर्छ । दैनिक करीब पाँच मिनेटको समय उपयोगी हुन सक्छ ।
लाभ:– यसको लाभ यति नै हो भन्न गाह्रो पर्छ । सामान्यतया शारीरिक मानसिक र आध्यात्मिक ३ किसिमले हेर्न सकिन्छ ।
शारीरिक:– मानव शरीर आफैंमा रोगको घर हो । रोग खोज्न बाहिर जानु पर्दैन । यो हामीसँगै छ । हाम्रो शरीरभित्रैको समस्या हो, जो हमेसा अवसरको प्रतीक्षामा बसेको हुन्छ र सानो छिद्र पाउनासाथ टाउको उठाउन शुरू गर्छ । प्राणायामले सोही छिद्र बन्द गरिदिने काम गर्छ ।
शारीरिक रोग भन्नाले निमोनिया, दम, खोकी, रक्तअल्पता, पिनास, नाक बन्द, रुघा, माइग्रेन, रक्तचाप, मधुमेह, मस्तिष्काघात, हृदयाघात, पक्षाघात, मांशपेशीको समस्या, हड्डीको समस्या, मिर्गौला, मुटु कलेजो, फोक्सोको समस्या, सरदर्द, जोर्नीको दुखाई, मन्दाग्नि, अनिद्रा, ग्याष्ट्रिक, शीघ्रपतन, स्वप्नदोष, प्रदरजन्य समस्या आदि नै बुझिन्छ, जसमा यो प्राणायाम अति उपयोगी उपचार पद्धति हो ।
यसले शरीरलाई ताजगी र फुर्तिलो बनाउँछ । प्रत्येक अंगको कसरत हुन्छ । अजीर्ण, अपच, अरुचिको समस्या रहँदैन । पेट सफा हुन्छ ।
फोक्सोको बचावट यसको विशिष्टतम पक्ष हो । फोक्सो शरीरको अति संवेदशील अंगमा पर्छ । यसो त मुटु, कलेजो, मिर्गौला पनि उत्तिकै संवेदनशील अंग हुन् ।
तथापि बाह्य संसारसित प्र्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न भने फोक्सोले नै पर्छ । धुवाँ, धूलोजन्य वातावरणीय असरलाई झेल्ने दायित्व पनि फोक्सोकै हो ।
त्यसैले फोक्सोको सुरक्षामा बढी ध्यान दिनुपर्छ । यो जति बलियो भयो जीवनरथ उति नै बलियो हुन्छ ।
यसै अर्थमा यसको भूमिका विशेष हुन पुगेको हो ।
मानसिक:– मनको गति निकै चञ्चल हुन्छ । एकैछिन पनि स्थिर भएर बस्न सक्दैन । गीतामा अर्जुनले वायुलाई हत्केलामा कैद गर्नुभन्दा पनि कठिन काम भनेका छन् यसलाई । निरन्तर यताउता भागिरहन्छ ।
कहिले भूतको गर्तमा बिलाउँछ । कहिले भविष्यको भूमरीमा हराउँछ र नानाभाँतीका समस्या लिएर आउँछ । यस प्राणायामले यही मनलाई वशमा राख्न सघाउँछ । आज जुनरूपमा नकारात्मकता, डिप्रेसन, पागलपन जस्ता मानसिक रोगीको सङ्ख्या बढ्दै गएका छन्, तिनका कारक भनेको दुःषित मन नै हो । मानसिक अशान्तिकै कारण यी सब भएका हुन् ।
प्राणायाम यसको अचुक औषधि हो ।
आध्यात्मिक:– शरीरको दायाँबायाँ क्रमशः इडा पिङ्गला र बीचमा सुसुम्ना नाडी हुन्छ । मेरुदण्डको टुप्पोमा कुण्डलिनी नामक शक्ति रहेको हुन्छ । मेरुदण्डमै फेददेखि टुप्पोसम्म सूक्ष्म छवटा चक्र हुन्छन्, जसलाई मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा चक्र भनिन्छ । प्राणायामले सर्वप्रथम कुण्डलिनीलाई जागृत गरी उध्र्वमुख गराउँछ र उल्लिखित चक्रहरू भेदन गर्दैै सहस्रार चक्रमा अवस्थित शिवतत्वसित मिलाउने काम गर्छ । यही नै कैलाश हो, जहाँ महादेव र पार्वती रहेका हुन्छन् ।
महादेव र पार्वती भनेका शिव र शक्ति हुन् । शिव भनेको कल्याण हो, शक्ति भनेको कल्याणवर्द्धक ऊर्जा । जहाँ यी २ को संगम हुन्छ त्यहाँ कुनै पनि किसिमको रोग, भोक, शोक टिक्क सक्दैनन् । त्यसैले आउनुस्, यसको विधिलाई अपनाएर कोरोनाभाइरस लगायत सबै किसिमका समस्याबाट मुक्त रहने प्रयास गरौं ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...