×

NMB BANK
NIC ASIA

एनसेलको नयाँ वर्ष अफर : १५ देशमा अन्तर्राष्ट्रिय कल गर्दा प्रतिमिनेट २.४९ रुपैयाँ मात्र

बैशाख १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग अब सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरू १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले वैशाख १ गते सोमवार आफ्ना ग्राहकका लागि २ आकर्षक योजना ल्याएको घोषणा गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । 


Advertisment
Nabil box
Kumari

लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवा निःशुल्क गरेको छ । 

Vianet communication
Laxmi Bank

न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र २.४९ रुपैयाँ प्रतिमिनेट (करसहित ३.१८ रुपैयाँ) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, संयुक्त अधिराज्य बेलायत, बंगलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । 

ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । 

नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ ।

गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् । 

यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् ।

अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले  यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशल्ुक प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । 

उल्लेखित सबै डिजिटल सेवाहरू वैशाख ३० गतेसम्म निःशुल्क उपलब्ध हुने एनसेलले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x