×

NMB BANK
NIC ASIA

प्रादेशिक अस्पताल जनकपुरले कोरोनाभाइरस (कोभिड– १९)लाई मध्यनजर गर्दै ५० शय्या सहितको आइसोलेसन वार्ड निर्माणको काम थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिङ क्याम्पसको भवन परिसरमा ५० शय्याको लेभल २ तहको आइसोलेसन वार्ड निर्माण भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहका अनुसार संघीय सरकारले गरेको निर्णय तथा निर्देशनअनुसार उक्त वार्ड निर्माणको काम शुरू गरिएको हो ।


Advertisment
Nabil box
Kumari

हुन त पहिले पनि प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी वार्डको माथिल्लो तलामा १२ शय्याको आइसोलेसन वार्ड पहिलेदेखि नै सञ्चालनमा आइसकेको छ ।

Vianet communication
Laxmi Bank

संघीय सरकारले पछिल्लो समयमा प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई लेभल २ को अस्पताल तथा सगरमाथा अस्पताल राजविराज र जनकपुरको जानकी मेडिकल कलेजलाई लेभल १ तहको कोरोनाको उपचार गर्ने अस्पताल निर्माण गर्ने भनेर निर्णय गरिएकाले नयाँ संरचना निर्माण भइरहेको छ । 

प्रादेशिक अस्पतालमा इमरजेन्सीबाहेक अन्य नियमित सेवाहरू समेत सञ्चालन गर्नुपरेको तथा ती सेवा सुविधा रहेको अस्पताल परिसरबाट बाहिर परिसरमा कोरोनाको अस्पताल सुचारू गर्नु भनेर निर्णय गरेपछि नर्सिङ क्याम्पसमा तयारी थालिएको सिंहले बताए । 

नर्सिङ क्याम्पसको पछाडितर्फ सडक र बस्ती समेत भएकाले स्थानीयबासीहरूले भने त्यसको विरोध गरेका छन् ।

वडा नम्बर १० का स्थानीयवासीले शुक्रवार पत्रकार सम्मेलन नै गरेर उक्त कुराको विरोध गरेका छन् ।

‘बस्ती तथा आवादी समेत रहेको ठाउँमा आइसोलेसन वार्ड सञ्चालन गर्दा स्थानीय मानिसमा समेत कोरोनाको संक्रमण बढ्न सक्ने खतरा छ,’ स्थानीय मनोजकुमार झा, सुशील कर्ण, सहितका दर्जनौं मानिसले भने, ‘कोरोनाको वार्ड नै चलाउने हो भने अस्पताल परिसरभित्र सञ्चालन गर्नुपर्‍यो ।’ 

नभए अन्य वैकल्पिक स्थानतर्फ आइसोलेसन वार्ड सञ्चालन गर्नुपर्ने स्थानीयको मागमा वडाध्यक्ष मिथिलेश कर्णले पनि सहमति जनाए ।

‘प्रदेश सरकारसँग मुजेलियाको मणिपाल अस्पताल, बसहियाको इञ्जिनीयरिङ क्याम्पससहितको विकल्प छ,’ वडाध्यक्ष कर्णले भने, ‘ती स्थान जहाँ मानिसको बस्ती छैन त्यहाँ सञ्चालन गर्नुपर्छ ।’

स्थानीयले विरोध गर्नु स्वाभाविक नै भएको भन्दै डा. सिंहले भने, ‘स्थानीय मानिसहरूले चिन्ता गर्नु परेन । हामीले त्यसको सम्पूर्ण सुरक्षाको समेत बन्दोबस्त गरेका छौं ।’

उनका अनुसार आइसोलेसन वार्डमा रहेको सम्पूर्ण झ्याललाई सीलबन्द गर्नुका साथै एयर कन्डिसन (एसी)को जडान गरिँदैछ ।

त्यसका बाहेक कोठामा सीसीटीभी क्यामेरा जडान हुनेछन् । बाहिर सडकमा स्प्रे गरिनेछ । 

‘स्थानीय मानिसमा कोरोनाको संक्रमण रोक्न हामी सचेत छौं,’ सिंहले थपे, ‘हामीले रोकेर रोकिन्न, संघ र प्रदेश सरकारले गरेको निर्णय र निर्देशन अनुसार आइसोलेसन वार्ड निर्माण भइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x