×

NMB BANK
NIC ASIA

‘अध्यादेश परिस्थिति अनुकूल भएन’

बैशाख १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले आज एक वक्तव्यमार्फत मुलुक कोरोना भाइरस सङ्क्रमणको सङ्कटमा रहेका बेला संविधानको मर्मविपरीत जारी गरिएको आरोप लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँहरूले अध्यादेशहरू नेपाली जनताको लामो सङ्घर्षबाट जारी भएको संविधान तथा संविधानले स्थापित गरेको व्यवस्था र लोकतान्त्रिक राजनीतिक प्रणालीभन्दा बाहिर रहेको तर्क गर्दै विरोध जनाएका छन् । उनहरूले यस अवस्थामा आफ्नो पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउन वर्तमान अवस्थामा पार्टीभित्र वृहत् छलफल आवश्यक भएकाले अबिलम्ब काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाउन पार्टी सभापतिसमक्ष मागसमेत गर्नुभएको छ । लकडाउनको समयमै प्रविधिको प्रयोग गरी बैठक बस्न सम्भव रहेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

उनहरूले जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त रहेको परिस्थितिमा थप जिम्मेवारीबोधसहित सबैलाई एकताबद्ध गरी महामारीसँग जुध्नुपर्नेमा जोड दिएको छ । युवा नेताहरूले अध्यादेश फिर्ता लिन सरकारसँग मागसमेत गरेका छन् । साथै उनीहरूले कोरोना सङ्क्रमणको सङ्कटमा सुरक्षित रहेर सबैलाई कोरोनाविरुद्धको लडाइँमा निरन्तर लाग्न, साथ सहयोग गर्न सम्बन्धित सबैमा अपिल गरेका छन् । 

Vianet communication
Laxmi Bank

काँग्रेसले अन्य दलसँग छलफल गर्दै 

प्रमुख प्रतिपक्षी दल काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दलबाहेकका अन्य दलहरूको बैठक बोलाएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बोलाइएको बैठकमा सोमबार सरकारले जारी गरेका दुई अध्यादेश र कोरोना भाइरसको सङ्कट समाधान सम्बन्धमा छलफल हुने काँग्रेस सचेतक बालकृष्ण खाँणले जानकारी दिए। 

बैठकमा काँग्रेसबाहेक समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका प्रमुख र वरिष्ठ नेतालाई आमन्त्रण गरिएको काँग्रेस पार्टी कार्यालयले जनाएको छ । सरकारले सोमबार “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७”  र “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७”  अध्यादेश जारी गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x