×

NMB BANK
NIC ASIA

कांग्रेसका युवा नेताहरूको निष्कर्ष : ओलीसँग सत्तामा रहने नैतिकता छैन !

बैशाख १०, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाली कांग्रेसका युवा नेताहरूले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निष्कर्ष निकालेका छन् ।

Muktinath Bank

बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै युवा नेताहरूले संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ राखिएका प्रावधानलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री ओलीसँग नभएको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले जारी गरेका दुवै अध्यादेशबाट कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सीमित नभई संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथि प्रहार गरेको नेताहरूले दाबी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पार्टीका ११ जना युवा नेताले वक्तव्यमार्फत प्रश्न गरेका छन्, ‘संविधानले व्यवस्था गरेको संवैधानिक परिषद्को नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुने गरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ?’

Vianet communication
Laxmi Bank

केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाइँले जारी गरेको वक्तव्यमा संविधानलाई कुल्चेर ल्याइएको जालझेल र षड्यन्त्रपूर्ण अध्यादेश प्रधानमन्त्री ओलीको स्वार्थ पूर्ति गर्न र आफ्नो महत्त्वाकांक्षा पूरा गर्नको लागि रहेको प्रस्ट भइसकेको उल्लेख गरिएको छ ।

संवैधानिक अंगमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधान संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार, संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णतः बर्खिलापमा रहेको जनाएका छन् । 

वक्तव्यमा लेखिएको छ, ‘जनताले गरेको बलिदानबाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो, न त यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो ।’

यस्तो छ वक्तव्यको पूर्णपाठ –

मन्त्रीपरिषदको सिफारिसमाराष्ट्रपतिज्यूबाट वैशाख ८ गते जारी अध्यादेशहरूका सन्दर्भमा नेपाली कांग्रेसको पदाधिकारीहरूको वैठकलेआपत्ति प्रकट गर्दै यसको प्रतिवाद गर्न सवै राजनीतिक दल, संघसंस्था, नागरिक समाज, आम संचार माध्यम र समस्त नेपालीहरूमा अपील गरिसकेको छ। हामी सरकारको कृत्यको घोर भर्त्सना र खेद प्रकट गर्दै सरकारले चालेकोअसंवैधानिक कदमका विरुद्ध एकवद्ध हुन नेपाली कांग्रेस पार्टीले गरेको आव्ह्वानलाई पुन: दोहोर्‍याउन चाहान्छौं । साथै यस घडीमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धकोप्रतिरोध आन्दोलनलाईसशक्त र परिणाममुखी वनाउनपार्टीभित्र वृहत छलफल आवश्यक भएकोले अबिलम्ब नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको वैठक बोलाउन हामी सभापतिज्यू समक्ष जोडदार माग गर्दछौं । लकडाउनको समयमै प्रविधिको प्रयोग गरी वैठक वस्न सम्भव छ।

महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्नुले प्रधानमन्त्रीको अन्तरनिहित उद्देश्य, नियत र प्राथमिकता के रहेछ भन्ने पुष्टी गरेको छ । जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त छन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू आफ्नो जीवनलाई हत्केलामा राखेर महामारी नियन्त्रणको प्रयासमा खटिरहेका छन्, नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरू, सञ्चार जगत,नागरिक समाज एकतावद्ध भएर महासंकटबाट मुक्तिका लागि सहकार्य गरिरहेकाछन्।यस कहालीलाग्दो परिस्थितिमा थप जिम्मेवारीबोध सहित सवैलाई एकतावद्ध गरी महामारीसंग जुध्नुपर्ने सरकार स्वयं यसप्रति बेखबर जस्तो बनेर जारी गरेको अध्यादेशको कुनै कोणबाट पनि औचित्य पुष्टि हुन सक्दैन । बरु यसबाट सरकार सत्ता राजनीतिको छुद्र खेलमा कतिसम्म लिप्त रहेछ भन्ने स्पष्ट भएको छ। यो समयमा सरकारको यो भन्दा ठुलो गैरजिम्मेवारीपन अरु हुन सक्दैन ।यो वदनियतपूर्ण निर्णयसंगै सरकार चलाउनका लागि वैधानिक हैसियत रहेपनि शासन संचालनको वैधता भने अब सरकारले गुमाइसकेको छ ।

यी अध्यादेशहरू समयको संवेदनशिलता रपरिस्थितिको गाम्भिर्यता अनुरुप नभएर मात्र आपत्तिजनक भएका होइनन । अध्यादेशले संविधानको आधारभूत स्तम्भलाई भत्काएको छ ।नेपाली जनताकोलामो संघर्षवाट जारी भएको संविधान, संविधानले स्थापित गरेको व्यवस्था र हामीले अबलम्बन गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई मास्ने षडयन्त्रको रुपमा यी अध्यादेश आएको छ ।त्यसैले यो आपत्तिजनक छ, अस्वीकार्य छ ।

संविधान वनाउँदै गर्दा लामो राजनीतिक अस्थिरताबाट गुज्रेको हाम्रो अनुभवबाट सिक्दै हाम्रो आवश्यकता र जनआकाक्षाको संवोधन गर्न,आवधिक निर्वाचनवाट आउने संसदमा राजनीतिक स्थिरताको खोजी गर्न, यसभित्रै शक्ति सन्तुलन र नियन्त्रण गर्न संविधानमा केहीविशेष प्रावधान सहितको राजनीतिक प्रणालीको व्यवस्था गरेको हो ।त्यसमध्ये एउटा महत्वपूर्ण व्यवस्था दलसम्बन्धि व्यवस्था हो ।अध्यादेशमार्फत गरेको परिवर्तनले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको ति प्रावधानहरूलाई भत्काएको छ ।यो कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित छैन ।यसले संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथी प्रहार हो ।त्यसमाथी संसदीय व्यवस्थाभित्र स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसंग यो कदम पछि सरकारमा वसिरहनेकुनै नैतिक आधार वांकी होला र ?

संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो? त्यसका विवध पक्षको खुलासा त विस्तारै होला नै । तर संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूजसरी अध्यादेशमार्फत आएको छ यो संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार त हो नै संविधानको व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा छ । यो संविधानको विरुद्धमा छ।

संविधानलाई कुल्चेर गरिएको यो जालझेल र षडयन्त्रपुर्ण हर्कत प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पुरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको छ ।याद रहोस, हामी कदापी त्यस्तो हुन दिने छैनौं । लोकतान्त्रिक व्यवस्थाको निम्ति नेपाली जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो । हामी चेतावनी दिन चाहन्छौं, लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित यी अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस् अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् ।

सरकारको यो कदममा सम्माननीय राष्ट्रपतिज्यूको अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि छ ।यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको छ ।जुन विडम्बनाको विषय हो । राष्ट्रपति व्यक्ति होइन संस्था हो, यस गौरवपूर्ण संस्थाको गरीमा राख्नको लागि हामी पुन: सचेत गराउन चाहन्छौं।

अन्त्यमा,

यतिवेला हामी दुइवटा मोर्चाको लडाईमा छौं-कोरोना विरूद्धको लडाई र सरकारको असंवैधानिक कदम विरुद्धको लडाई ।कोरोना महासंकटको यो क्षणमा सरकार स्वयंले विषयान्तर गर्न खोजे तापनि हामीलाई त्यो छुट छैन लागिरहेका छौं,लागिरहने छौं । जो जहाँ छौं आफू सुरक्षित रहेर कोरोना विरुद्धको यो लडाईमा निरन्तर लाग्न, साथ सहयोग गर्न सवैमा हामी हार्दिक अपील गर्दछौं ।

साथै यो संविधानलाई जोगाउन पनि संगसंगै लड्नुपर्नेछ ।त्यसैलेसरकारको असंवैधानिक कदमका विरुद्ध प्रतिरोधका लागि ठोस निर्णय लिन तथा राजनीतिक दल र समस्त लोकतन्त्रवादीहरूलाई एकवद्ध गर्दै लोकतन्त्रको रक्षार्थ इतिहासले सुम्पेको अर्को एक दायित्व निर्वाह गर्न पार्टीभित्र वृहत छलफलको लागि अविलम्ब नेपाली कांग्रेसकेन्द्रीय कार्य समितिको वैठक बोलाउननेपाली कांग्रेसकासभापति समक्ष पुन: आग्रह गर्दछौं।

जय नेपाल!

१. चन्द्र भण्डारी,,केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२. कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

३. धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

४. रत्ना शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

५. गगन कुमार थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

६. बद्री पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

७. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

८. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

९. प्रदिप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१०. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

११. सरिता प्रसाइ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

मिति २०७७ वैशाख १० गते।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x