माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले केही असन्तुष्ट सांसदलाई लिएर पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न लागेको प्रयासमा तत्काललाई विश्राम लागेको छ । विभिन्न सञ्चारमाध्यममा रेणुले समाजवादी पार्टीका १७ मध्ये ८ सांसदलाई लिएर छुट्टै पार्टी घोषणा गर्न लागेका खबर प्रकाशित भए तर पार्टी घोषणा हुन सकेन ।
पार्टी फुट्ने डरले रातारात राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर छुट्टै नयाँ पार्टी जनता समाजवादी पार्टी (जसपा) घोषणा गरेका छन् । एकताका लागि गरिएको सहमतिपत्र दुवै दलले निर्वाचन आयोगको कार्यालयमा गएर दर्ता समेत गरेका छन् ।
राजपा र सपा एकीकरण भएपछि अब एकीकृत दलका सांसद ३४ जना पुगेका छन् । अध्यादेशको अस्तित्व कायमै रहेपनि ४० प्रतिशत सांसद भए मात्रै पार्टी फुट्न सक्ने भएकाले तत्कालका लागि रेणु यादवको लक्ष्य पूरा हुने देखिँदैन ।
तत्काल पार्टीको फुट टरेपनि पूर्ण रुपमा टरेको भन्न सकिने यकिन आधार छैन । किनभने रेनुसहित उनका नजिकका सांसदको मोबाइल ‘स्वीच अफ’ छ । रेणु पक्षले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले रेणु पार्टीको सम्पर्कमा रहेको तथा पार्टीकै काममा सक्रिय रहेको भनेर सञ्चारमाध्यमलाई अभिव्यक्ति दिएर उनको बचाउ गरेका छन् ।
उपेन्द्र–रेणु खटपट
अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीच सम्बन्ध बिग्रिएको छ ।
‘सम्बन्धमा कतिसम्म तिक्तता आएको छ कि उहाँ दुवै जनाबीच लामो समयदेखि कुराकानी पनि भएको छैन,’ सपाका एक सांसदले भने, ‘कुनै बेला अध्यक्ष र उपाध्यक्षबीच धेरै नै राम्रो सम्बन्ध थियो, एकअर्काप्रति भरोसा र विश्वास थियो ।’ तर सम्बन्ध बिग्रिएपछि रेणु यादव पार्टी नै फुटाउनसम्म तयार देखिएका उनले बताए ।
‘अध्यक्षज्यूले बेलैमा प्रधानमन्त्रीको षड्यन्त्र थाहा पाउनुभयो र पार्टी फुटाउने खेललाई परास्त गर्नकै लागि राजपासँग पार्टी एकता गर्नुभएको छ,’ उनले भने ।
२०६३ सालदेखिको सम्बन्धमा तिक्तता
२०६३ सालमा भएको मधेश आन्दोलनबाट उपेन्द्र यादवको उदय भएको हो । मधेशी जनअधिकार फोरम नेपाल नामक गैरसरकारी संस्थाको ब्यानरमा मधेश आन्दोलन भएको थियो । २ पटक आन्दोलन सकिएपछि २०६४ फागुन १६ गते नेपाल सरकारसँग ८ बुँदे सम्झौता भएपछि चैत्र २८ गते प्रथम संविधानसभा चुनाव सम्पन्न भएको थियो । चुनाव हुनुअघि राप्रपामा रहेकी रेणुले पार्टी परित्याग गर्दै फोरममा प्रवेश गरेकी थिइन् ।
प्रथम संविधानसभा चुनावमा उपेन्द्रले रेणुलाई समानुपातिक सांसद मात्र बनाएनन्, आफ्नै नेतृत्वमा सरकारमा समेत लगेका थिए । रेणुलाई उपेन्द्रले शिक्षामन्त्री बनाएका थिए ।
पार्टीमा समेत उनलाई उपाध्यक्ष बनाएर राजनीतिक रुपमा उनको कद बढाउन उपेन्द्रले भरपुर सहयोग गरेका थिए । महिला नेतृत्वको अभाव रहेका कारण उपेन्द्रले उनलाई हरेक राजनीतिक मञ्चमा आफूसँगै लैजाने, नेता तथा कार्यकर्ताबीच मञ्चमा भाषण गर्न लगाएर नेतृत्वमा उनलाई स्थापित गरेका थिए ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा रेणु पराजित भइन् । सदन र सत्तामा पुग्न नपाउने भएपछि रेणुलाई नेतृत्वमा स्थापित राख्नकै लागि उपेन्द्रले पार्टीको २ नम्बर प्रदेश कमिटीको अध्यक्ष बनाए ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा उनलाई समानुपातिक उम्मेदवार बनाइयो भने उनका छोरा अभिशेख यादवलाई प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार बनाएका थिए । उनका छोरा प्रदेशसभा सदस्यमा जिते र उनी आफैं पनि समानुपातिक कोटाबाट प्रतिनिधिसभा सांसद छन् ।
गृहजिल्ला सप्तरीबाट अध्यक्ष यादवलाई चुनाव जिताउन आफूले गरेको योगदान स्वरुप पक्कै पनि मन्त्री बन्न पाइने रेणुले विश्वास गरेकी थिइन् तर केपी शर्मा ओली नेतृत्वको सरकारमा जब पार्टी जाने कुरा भयो, उपेन्द्रले उनको नाम प्रस्ताव गरेनन् ।
उपेन्द्रले आफ्नै नेतृत्वमा राजेन्द्र श्रेष्ठलाई सरकारमा लैजाने भनेर ओलीलाई सूची पठाएका थिए । त्यो कुराको जानकारी पाएपछि रेणुले चर्को स्वरमा विरोध गरिन् । रेणुकै विरोधका कारण उपेन्द्रले राजेन्द्रलाई सरकारमा लग्न सकेनन् । उनको ठाउँमा रेनुलाई पनि मन्त्री बनाएनन्, इस्तियाक राईलाई सरकारमा मन्त्री बनाए । त्यहीँबाट उपेन्द्र र रेणुबीचको सम्बन्ध बिग्रँदै गएको बताइन्छ ।
असोज ३ गते संविधान दिवसका दिन न त दीपावली मनाउने, न त विरोध गर्ने भनेर ब्ल्याक आउट वा कालो दिवस पनि नमनाउने, तटस्थ बस्ने समाजवादी पार्टीले निर्णय गरेको थियो ।
उपेन्द्र सरकारमा रहेका कारण निर्णय गरेर सबै तहमा परिपत्र गरेका थिए तर रेणुले प्रदेश कमिटीको अध्यक्षको हैसियतमा अध्यक्ष उपेन्द्रको निर्णयलाई चुनौती दिँदै प्रदेश कमिटीबाट ‘ब्ल्याक आउट’ गर्ने निर्णय भएको भनेर प्रदेशका ८ वटै जिल्लामा परिपत्र गरेकी थिइन् ।
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर त्यो दिन कालोदिनसहित विभिन्न विरोधका कार्यक्रम निर्धारण गरेको थियो । पछि उपेन्द्रको दबाबसामु रेणुको केही चलेन र उनले आफ्नो निर्णयलाई सच्याउँदै तटस्थ बस्ने परिपत्र पठाउनुपरेको थियो ।
प्रदेशमा भएको प्रादेशिक अधिवेशनमा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार थिए । सर्वसम्मत भए अध्यक्ष बन्न मुख्यमन्त्री लालबाबु राउत पनि इच्छुक थिए तर चुनाव हुने भएपछि उनी दौडबाट पछाडि हटे ।
विजय यादव र रेनु यादवबीच प्रतिस्पर्धा भयो । अध्यक्ष उपेन्द्रले विजयलाई जिताए तर रेनुलाई साथ दिएनन् ।
त्यसपछि रेणु पार्टी अध्यक्षबाट झन्झन् असन्तुष्ट हुँदै गइन् । बेलाबेला रेणुले पार्टी फुटाउन सक्ने आकलन गरिँदै आएको थियो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...