×

NMB BANK
NIC ASIA

मेसिनको विश्वसनीयता गुमेपछि जनकपुरमा कोरोना परीक्षणको काम रोकियो

यसअघि गरिएका सबै परीक्षणको पुनः परीक्षण आवश्यक रहेको स्वास्थ्य विज्ञको भनाइ

बैशाख १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा जडान गरिएको पोर्टेबल पीसीआर मेसिनमा हुने गरेको परीक्षण तत्कालका लागि रोकिएको छ । आरडीटी किटमा पोजिटिभ देखिएका व्यक्तिको जनकपुरस्थित उक्त मेसिनमा जाँच गर्दा नेगेटिभ आएको थियो । तर त्यही नमूना(स्वाब)लाई थप परीक्षण तथा भेरीफिकेसनका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाँउदा पोजिटिभ आएको थियो ।

Muktinath Bank

मेसिनले सही काम नगरेको भन्दै शुक्रवारदेखि परीक्षण रोकिएको छ । ‘हिजो शुक्रवार हामी प्रयोगशालामा परीक्षण गर्दै गर्दाको अवस्थामा काठमाडौंको रिपोर्टबारे थाहा पायौं,’ प्रयोगशालाका एक जना कर्मचारीले भने,‘हाम्रो परीक्षणमा नेगेटिभ तर टेकुको परीक्षणमा पोजिटिभ आउनु भनेको कहीं न कहीं कुनै न कुनै किसिमको गडबडी छ भन्दै हामीले परीक्षणको काम रोकेका हौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर प्रयोगशालाका निर्देशक राम विनय साहले भने परीक्षणको काम नरोकेको बताउँछन् । ‘पहिले पहिले हामीले परीक्षण गर्दा जे परिणाम आउथ्यो भनी दिने गरेका थियौं, अब काठमाडौंको प्रतिवेदन नआउन्जेलसम्म परीक्षण प्रतिवेदन सार्वजनिक गर्दैनौं ।’


Advertisment
Nabil box
Kumari

मेसिन खराब हो वा होइन भन्ने विषयमा आफैं आन्तरिक रुपमा अनुसन्धान गरिरहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार मेसिन शुरू भएको बेला जनकपुरबाट गरिएका सबै परीक्षणको नमुना थप भेरिफिकेसनका लागि काठमाडौं पठाउने गरिएको । केही दिनपछि त्यो रोकियो । चैत्र २१ गतेदेखि उक्त मेसिनबाट परीक्षण शुरू गरिएको थियो ।

हालसम्म ९२ वटा परीक्षण जनकपुरमा गरिएको छ । जनकपुरमा रुपैयाँ फालिएको भनिएको दुई जना महिलाको आरडीटी गर्दा एक जनाको पोजिटिभ आएको थियो । त्यसै बेला सर्लाहीका समेत एक जाना युवाको आरडीटी  गर्दा पोजिटिभ आएको थियो । परीक्षणमा उनी सहित ५ जनाको थ्रोट तथा नसल स्वाब लिएर परीक्षण गरिएको थियो । सामाजिक सञ्जालमा समेत उक्त कुराको व्यापक चर्चा भएका कारण गम्भीरता बुझेर नै दुवै स्वाब लिइएको थियो । त्यसअघि सम्म जनकपुरबाट हुने गरेको स्वाब संकलनमा थ्रोट स्वाब मात्र लिने गरिन्थ्यो । नसल स्वाब लिने गरिएको थिएन ।

जनकपुरमा परीक्षण गर्दा नेगेटिभ नै रिजल्ट आएको थियो । ‘आरडीटी परीक्षणमा पोजिटिभ आएका कारण यसमा नेगेटिभ किन आयो भनेर क्रस भेरिफाइ गर्न हामीले दोस्रो पटक पुनः पीसीआर परीक्षण साहले,’ साहले लोकान्तरसँग भने, ‘तर फेरि पनि दुवैमा दोहोर्याएर नेगेटिभ नै आएको थियो ।’ तर शंका नमेटिएकोले थप परीक्षणका लागि स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको, र त्यहाँ बाट रिजल्ट पोजिटिभ आएको थियो ।

परीक्षण गर्न नै आउँदैन वा विधिमा नै कुनै किसिमको कमजोरी त भइरहेको छैन भन्ने विषयमा उनले भने,‘माइक्रो बायोलोजी र भाईरोलोजीमा स्नातक, स्नातकोत्तर उत्तीर्ण गरेका, राष्ट्रिय प्रयोगशालामा काम गरीसकेका, रियल टाइम पीसीआर मेसिन चलाएको अनुभव भएका चार जना मानिसबाट परीक्षण गराइरहेका छौं । काठमाडौंबाट मेसिन जडान गर्न समेत दुईजना विज्ञ आएका थिए । ‘उनीहरु ७ दिनसम्म आफैं उपस्थित भएर जनकपुरका जनशक्तिबाट परीक्षण गर्न लगाएका थिए,’ साहले भने,‘त्यति मात्र होइन काठमाडौंका प्राविधिकहरूसँग भिडियो कन्फरेन्ससमेत हुन्थ्यो ।’   

मेसिन सही छ वा छैन भन्ने कुराको अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘हामीले मेसिन किनेको होइन, राष्ट्रिय प्रयोगशालाले पठाएको हो,’ साहले भने, ‘भेलिडेसन गरेर पठाएको होइन की भनेर पनि हामीले भन्न मिल्दैन ।’

विगतमा पनि शंका लागेका नमूनाहरुलाई थप परीक्षणका लागि काठमाडौं पठाउने नै गरिएको हुनाले यहाँबाट गरी सकिएको परीक्षणको थप पुनः परीक्षण गर्ननपर्ने उनले बताए । 

प्रयोगशाला जनकपुरमा कुल १८ वटा नमूना क्रस भेरीफिकेसनका लागि काठमाडौं पठाइएको थियो, तीमध्ये सबै नेगेटिभ नै आउने गरेको थियो । तर सर्लाहीको एक जना १४ वर्षीय युवकको मात्र पोजिटिभ आएको थियो । ‘जनकपुरमा पठाएको मेसिन जस्तै बाँकी ५ प्रदेशमा पनि पठाइएको थियो, तर सबै प्रदेशले मेसिनमा गडबडी भन्दै फिर्ता गरी सकेको भएपनि हामीले फिर्ता नगरेर संचालनमा नै राख्नेछौं,’ साहले बताए ।

जनकपुरको मेसिनबाट गरिएका परीक्षणको भरोसा नभएका कारण त्यहाँबाट गरिएका ९१ वटै परीक्षणको फेरि पनि स्वाब संकलन गरेर परीक्षण गरिनु आवश्यक रहेको रक्त रोग विशेषज्ञ डा. अजय कुमार झा बताउँछन् ।

‘अब यहाँको मेसिनबाट गरिएको परीक्षणको कुनै भर नै नरहेको कुरा प्रमाणित भइसकेका कारण सबै जनालाई खोजेर पुनः परीक्षण गर्नु पर्छ, ’ झाले भने, ‘जसरी हिजोको सर्लाहीको युवालाई नेगेटिभ भनेर अस्पतालबाट डिस्चार्ज गरिएको थियो र उनी संक्रमित नै भएका कारण थप मानिसहरुमा संक्रमण फैलिएको हुन सक्ने सम्भावना रहन्छ, त्यसै गरी नेगेटिभ आएका अन्य मानिसमा पनि पोजिटिभ हुन सक्ने सम्भावना भएकाले पुनः परीक्षण गर्नु आवश्यक छ । ’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x