×

NMB BANK
NIC ASIA

देउवाले ओलीलाई भने – अध्यादेश फिर्ता लिएर मात्र पुग्दैन, अपहरणकारीलाई कारवाही गर्नुस्

बैशाख १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सांसद अपहरण गर्नेमाथि अनुसन्धान र कारवाही हुनुपर्ने माग राखेका छन् ।

Muktinath Bank

शुक्रवार प्रधानमन्त्री ओलीकै निमन्त्रणामा देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । देउवा पुग्नुअघि बसेको मन्त्रिपरिषद बैठकले गत सोमवार जारी भएका दुई विवादास्पद अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै देउवाले अध्यादेश फिर्ता भएर मात्र नहुने, बरू सांसद अपहरण गर्नेमाथि अनुसन्धान र कारवाही हुनुपर्ने माग राखेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

पौडेलले जारी गरेको विज्ञप्ति -

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा र प्रधानमन्त्री श्री के.पी. शर्मा ओली बीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा सभापति देउवाले निम्न कुरा प्रधानमन्त्री समक्ष राख्नुभएको छ ।

(
१) दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो,त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्,तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।

(
२) ब्यापक परिक्षण अहिलेको आवश्यकता हो ।
समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।

(
३) स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पु¥याउनु
प¥यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ,त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।

(
४) श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् ।
ड्ड राहत घोषणा अधुरो भयो,पुग्नु पर्नेकोमा अझै पुगेन ।
ड्ड श्रमिक,बेरोजगार,विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।

(
५) बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे,आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।

सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ,भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराउनु भएको छ

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
नेपाली कांग्रेस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x