×

NMB BANK
NIC ASIA

ओलीलाई वामदेवको सुझाव– सचिवालयका सदस्यले जे भन्छन् त्यही मान्नुस्, अब ढिपी नगर्नुस् !

बैशाख १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे स्थायी कमिटी बैठक बोलाएर छलफल गर्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । गौतमले ओलीलाई अब आराम गर्न पुनः सुझाव दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको भेटमा गौतमले तत्काल स्थायी कमिटीको बैठक बोलाउन र त्यसअघि अविलम्ब सचिवालय बैठक राख्न सुझाव दिएका हुन् । ‘स्थायी कमिटी बैठक  भिडियो कन्फेन्स मार्फत गरेपनि हुन्छ, अरु माध्यम पनि छन् । ५० जनालाई बोलाएर सामाजिक दूरी कायम गरेर पनि बैठक गर्न सकिन्छ । पीपीइको व्यबस्था गरेर पनि बैठक राख्न सकिन्छ,’ गौतमले ओलीलाई भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमले स्थायी कमिटीको बैठक नगरी नहुने काम भन्दै यसमा विलम्ब नगर्न ओलीसँग आग्रह गरे । ‘तपाईंले जुन परिस्थिती सिर्जना गर्नुभयो यो गर्नु हुन्नथ्यो । अध्यादेशको कुरा कानून वनाउन मिल्ने विषय हो भनेर मैले भनिसकेको छु, तर गलत समयमा ल्याएर हुने काम पनि बिगार्नुभयो,’ गौतमले भनेका थिए । 


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै भूमिकामा असफल भएको भन्दै पार्टीका सदस्यहरूलाई चित्त बुझाउने काम गर्न सुझाव दिएका स्रोतले बतायो । ‘तपाईं असफल हो, पार्टीलाई चित्त बुझाउनुस, सचिवालय बैठकका सदस्यले जे भन्छन त्यही मान्नुस् । अब ढिपी नगर्नुस्,’ भन्दै गौतमले ओलीलाई भनेका थिए, ‘मैले सधैभरी तपाईंको हित हुने काम र सुझाव दिने गरेको छु ।’ 

Vianet communication
Laxmi Bank

राजनीतिक दल सम्बन्धी अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य सम्बन्धी अध्यादेश प्रकरणलाई लिएर नेकपा भित्रको विबाद चर्किएको छ । विकसित घटनाक्रमको विषयमा छलफल गर्न भन्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यले लिखित हस्ताक्षरसहित स्थायी कमिटी बैठक बोलाउन ओलीसँग आग्रह गरेका छन् । 

‘सचिवालय बैठकमा सबै कुरा राख्नुस्, तपाई किन बैठकलाई वाइपास गर्नुहुन्छ ?’ गौतमले ओलीसँग भनेका थिए । स्रोतका अनुसार गौतमको कुरा सुनेपनि ओलीले कुनै जवाफ फर्काएनन् ।  

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले पनि तत्काल स्थायी कमिटी बैठक बोलाउन ओलीलाई दवाव दिएका छन् । ओली भने तत्काल बैठक बोलाउन अनिच्छुक देखिएको स्रोतको दावी छ । 
दल विभाजन गर्न सहज हुनेगरी ल्याइएको बिवादास्पद अध्यादेश, नेकपा सांसद र पूर्वप्रहरी महानिरीक्षक लगाएर समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितताले पार्टी बदनाम भएको भन्दै नेकपाका नेताहरूले सरकारको आलोचना गरिरहेका छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x