×

NMB BANK
NIC ASIA

पूर्व आईजीसहितको टोलीका लागि एसपी अधिकारीले कोठा बूक र भुक्तानी गरेको खुलासा

बैशाख १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

समाजवादी पार्टीका संघीय सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं लिएर गएको सांसद महेश बस्नेत, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोलीलाई वास बस्नका लागि महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटलको भुक्तानी गरेको खुलेको छ । 

Muktinath Bank

महोत्तरीको बर्दिवासस्थित गौतम होटलको ६ वटा कोठा बूक गर्नुका साथै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) अधिकारी यादव सहितको टोली बसेका बेला होटलमा ३ घण्टा सँगै बसेको समेत पाइएको छ । यी सबै कुराहरू प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले लोकान्तरसँग गरिएको कुराकानीमा खुलाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादवको घर खोज्न तथा लोकेसन समेत पत्ता लगाएर एसपी अधिकारीले नै खनाललाई दिएको पाइएको छ । एसपी अधिकारीले आफूलाई ढाँटेर यादवको अपहरण गराउन सहयोग मात्र होइन, संलग्न समेत रहेकाले उनलाई कारवाही गर्न मन्त्री यादवले माग गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, मन्त्री यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

Vianet communication
Laxmi Bank

अहिले लकडाउन छ । बिहान र बेलुका म शारीरिक अभ्यास पनि गर्छु । वैशाख १० गते साँझ ६ बजेतिर म अभ्यास गर्दै थिएँ । त्यतिबेला नै मलाई एकजनाले फोन गरेर संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संघीय सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको तथा अपहरणकारीहरू बर्दिवासतर्फ गाडीमा गएको भन्ने सूचना समेत मलाई उनले दिए ।

आफ्नो माथिल्लो ट्र्याक लगाएर आफ्नो गाडी निकाल्न लगाएँ । बर्दिवासतर्फ जान लागे र गाडीबाट महोत्तरीका सीडीओ र एसपी सा’बलाई फोन पनि लगाउन थाले । दुवै जनाको फोन व्यस्त तथा इंगेज आइरहेको थियो ।

त्यसपछि मैले आफ्नो मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई फोन गरेर यादवको अपहरण भएको सूचना आएकाले एसपी र सीडीओलाई तुरुन्त फोन गर्न लगाउनुस् ।

वास्तविक अवस्था के हो भन्ने कुरा मलाई जवाफ दिनुस् । 

केही समयपछि सीडीओसा’बले फोन गर्दा मैले तत्काल उहाँको अवस्था के छ खोजेर भन्नुस् भनेको थिएँ । होइन उहाँको अपहरण भएन होला, आफ्नै घरमा बस्नुभएको होला भनेर जवाफ दिनुभयो । होइन, डाक्टरसा’बको पीएसओसँग सम्पर्क गरेर अहिले कहाँ कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा तत्काल पत्ता लगाएर जानकारी गराउनुस्, भनेर निर्देशन दिएको थिएँ । 

एकछिनपछि एसपी सा’बसँग पनि सम्पर्क भयो । सांसदको अपहरण भएको छ, सबै नाका सील गरेर तत्काल खोजेर उद्धार गर्नुपर्‍यो भनेर भनेँ । तर, उहाँले मलाई गलत जानकारी र सूचना दिनुभयो ।

पीएसओसँग बुझ्दा उहाँ आफ्नो ससुराली गौशालातर्फ जानुभएको भनेर मलाई एसपी सा’बले गलत सूचना दिनुभयो । त्यतिबेलासम्म म बर्दिवास पुगेर सिन्धुलीको बाटोतर्फ गएको थिएँ । उताबाट फर्केर गौशालाका लागि जाँदा रेल्वेको निर्माणाधीन अन्डरग्राउण्डमा प्रवेश गरेकै बेला मेरो सूत्रले फोन गर्‍यो । उहाँहरू बर्दिवासकै गौतम होटलमा हुनुहुन्छ, भनेर सूचना आयो । 

म गौतम होटलतर्फ फर्किएँ । होटलमा पुगेर होटलको सुरक्षा गार्डलाई सोध्दा उहाँहरू होटलमै रहेको र १५ मिनेट अगाडि मात्र उहाँहरू सिन्धुलीको बाटोतर्फ गएको बताए । डाक्टर सा’बसँगै महोत्तरीका एसपी सा’ब, आईजीपी सर्वेन्द्र खनालसा’ब तथा अन्य केही सांसदहरू बस्नुभएको उक्त सुरक्षा गार्डले खुलाए । त्यति बेलासम्म रातिको ७ बजिसकेको थियो ।

मैले पूर्व आईजीपीसा’बलाई फोन गरें । तपाईंलाई त मैले धेरै इज्जत दिएको थिएँ । तपाईंको कार्यकालमा त्यस्तो नराम्रो काम केही भएको थिएन । तर, अहिले डाक्टरसा’बको किड्न्यापिङ जस्तो आपराधिक काममा तपाईं जस्तो जिम्मेवार मानिस कसरी लाग्न सक्छ, तपाईंको नाम आइरहेको छ भनेर शुरूमै भनें । 

तपाईं मसँग कुरा नगर्नुस्, आफ्नो मान्छेसँग कुरा गर्नुस् भनेर उहाँले जवाफ दिनुभयो । डाक्टरसा’बको मोबाइल स्विच अफ छ, त्यसैले उहाँसँग कुरा गराउनुस् ।

मलाई केही थाहा छैन, उहाँ काठमाडौंतर्फ हिँडिसक्नुभएको छ भनेर जवाफ दिनुभयो । उहाँ अगाडिको गाडीमा ३ जनाको समूहमा हिँड्नुभएको छ । मसँग कुरा हुन सक्दैन भनेर बताउनुभयो । कहीँ त चिया, खाजा खान रुक्नु हुन्छ होला नि, मलाई सम्पर्क गराउनुहोला भनेर भनेको थिएँ । 

त्यसपछि म जनकपुरतर्फ फर्किन लागे । बाटोमा हुँदै महोत्तरीका एसपीसा’बलाई फोन गरेर किन झूठो बोल्नुभयो भनेर भनें । तपाईं गौतम होटलमै उहाँहरूसँगै हुनुहुन्थ्यो, मैले सोध्दा मलाई गुमराह मात्र गराउनु भएन, सांसदको अपहरणमा समेत तपाईंको संलग्नता छ । बर्दिवास होटलमा सँगै बसेको तपाईंले शान्ति सुरक्षाको जिम्मेवारी बोकेका मन्त्रीलाई नै कसरी ढाँट्नुभयो भनेर सोधें ।

डाक्टरसा’बसँग त मेरो भेट पनि भएको छैन, पूर्व आईजीपीसा’ब आउनु भएकाले भेट्न गएको हो । त्यहाँ प्रदेश सांसद कौशल यादव माननीयज्यू हुनुहुन्थ्यो तर, डाक्टरसा’ब थिएनन् । मेरो क्वार्टरमा तुरुन्त आउनुस् भनेर भन्दा म त जलेश्वरतर्फ पुग्न थालें भोलि बिहान आउँला भनेर भनें । त्यसो भए भोलि नआउनुस्, भनेर भनें ।

भोलिपल्ट वैशाख ११ गते थप अनुसन्धान गर्न आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई समेत लिएर हामी गौतम होटल पुग्यौं । त्यहाँ पुगेर म्यानेजरलाई सोध्दा शुरूमा होटल बन्द भएकाले कोही पनि नआएको भनेर हामीलाई ढाँट्न खोजे ।

सीसीटिभी क्यामेराको फूटेज देखाउनुस् भन्दा होटल बन्द भएका कारण क्यामेरा अफ गरेको होला भनेर भनें । पासवर्ड दिनुस्, हामीसँग आएको प्राविधिक मानिसले खोजिहाल्छ भनेर भन्दा गलत पासवर्ड दिने गरेका थिए । केही समयपछि होटलमा सीसीटीभी क्यामेरा जडान गर्ने प्राविधिक नै आए । उसले क्यामेराको फूटेज देखाए ।

त्यहाँ सबै कुरा प्रस्ट देखिएको थियो । एसपीसा’ब आफैं उहाँहरूसँग करीब २ घण्टा सँगै बसेको देखिएको थियो । बसेको हामीलाई तपाईंको सुरक्षा गार्डले हिजो नै सबै कुरा बताइसकेको भनेपछि उहाँहरू आएको कुरा खुलाए । एसपीसा’बको निर्देशनमा डीएसपीसा’बले उहाँहरूका लागि ६ वटा कोठा बूक गराउनुभएको थियो भनेर म्यानेजरले बताए ।

उहाँहरू बसेर खाना समेत खाएको तथा भुक्तानी समेत एसपीसा’बले नै गर्नुभएको उनले बताए । सबैजाना जान लाग्दा एसपीसा’बले आफ्नो पर्सबाट पैसा निकालेर रुपैयाँ दिएको देखिएको छ । हजारका २ देखि ३ वटा नोट दिने गरेको फूटेजमा समेत देखिएको छ । 

एसपी अधिकारीले के भने ?

केही माननीयज्यूहरूसँगै म पनि आइरहेका कारण बर्दिवासको गौतम होटलमा कोठा खोजिदिन पूर्व आईजीपीसा’बले भन्नुभएको थियो ।

पहिलेका हाकिमसा’ब आउने भएपछि मैले कोठा बूक गरिदिएको सत्य कुरा हो । उहाँहरू आएपछि संघीय सांसद डाक्टर सुरेन्द्र यादवसँग भेट गर्ने कुरा बताउनुभयो । पीएसओसँग लोकेसन खोजेर उहाँ आफ्नै गाउँ गैडा भेटपुरमा रहेको कुरा बताएँ । माननीयज्यूहरूले एउटा माननीय भेट्ने भनेर भनेपछि लोकेसन बताएको हो । 

उहाँको अपहरण भएको कुरा गलत हो । उहाँले आफ्नो गाउँको घरमा सबै जनालाई मासु भात खुवाउनुभएको छ । त्यति मात्र होइन, सँगै जनकपुर आएर अर्का माननीय डा. सूर्यनारायण यादवको घरमा समेत बसेर खाजा खानुभएको कुरा समेत आइरहेको छ । उहाँले नै अन्तर्वार्तामा भन्नुभएको छ कि मेरो अपहरण भएको थिएन । 

उहाँको हेभीवेट जस्तो सांसदलाई काठमाडौं जानुस्, पार्टी फुटाउनुस्, मन्त्री बन्नुस् भनेर भन्दै काठमाडौं धकेलेर पठाउने मेरो हैसियत पनि छैन । पूर्व आईजीपीसा’ब मेरो पहिलेको हाकिम हुनुका साथै छिमेकी पनि हुन् । पहिलेको हाम्रो घर तनहुँ हो । र, काठमाडौंमा पनि हामी छिमेकी नै हो । रोडको वारि र पारि हामी दुवैजनाको घर छ ।

आईजीपीसा’बको गाडी हाँक्ने हवल्दार ड्राइभर मेरो पनि भाइ नै हो । म जाँदा मलाई पनि कतै जानुपर्‍यो भने काठमाडौंमा लगिदिन्छन्, त्यसैले उसलाई(भाइलाई) मैले माया गरेर हजारको २ देखि ३ वटा नोटसम्म निकालेर दिएको हो । होटलको भूक्तानी उहाँहरू आफैंले गरेको हो । मैले गरेको छैन, त्यो ड्राइभर भाइलाई मात्र पैसा दिएको हो । 

मेरो अहिले १० वर्ष जागिर बाँकी छ । महोत्तरी आएको पनि १० महिना भइसक्यो । पार्टी फुटाउन वा माननीयज्यूको अपहरण मैले किन गराउनुपर्‍यो ? मैले त यहाँ आन्तरिक मामिला तथा कानूनमन्त्रीदेखि मुख्यमन्त्रीज्यूसँग मिलेर नै काम गर्दैआएको छु । उहाँहरूलाई लाग्यो होला कि मैले उहाँहरूको पार्टी फुटाउन नेकपाका लागि प्रयोग भएँ कि तर, त्यस्तो केही पनि छैन ।

मैले एउटा गाउँपालिकाको अध्यक्षलाई त काठमाडौं जानुस् भनेर पठाउन सक्दिनँ भने हेभीवेट सांसदलाई कसरी पठाउन सक्छु ?

सांसद यादवको अपहरण भएको वा पार्टी फुटाएर मन्त्री बन्ने लोभमा उनी आफैं काठमाडौं गएका हुन् भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x