×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनमा भारतीय मुस्लिमको ‘रोजा व्रत’ : राति ३ बजे नै नेपाली सेनाले खुवाउँछ खाना

बैशाख १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषाको नगराइन नगरपालिका–५ गंगुलीमा सञ्चालित क्वारेन्टाइनमा पनि मुस्लिम समुदाय रोजा व्रत बसेका छन् । 

Muktinath Bank

क्वारेन्टाइनमा रहेका १९ जना मुस्लिममध्ये १२ जना रोजामा बस्ने गरेका छन् । उनीहरू सबै जना भारतको पश्चिम बंगालका भारतीय नागरिक हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोजा बस्नेलाई नेपाली सेनाले साँझ र बिहान खानाको व्यवस्थापन गरिदिने गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना तथा सुरक्षाको व्यवस्थापन श्रीनाथ गण महेन्द्रनगरका नेपाली सेनाले गर्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

‘खाना, खाजा सबै व्यक्तिका लागि एउटा निश्चित समयमा दिने गरिएको थियो,’ क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका क्याप्टेन भरत पुलामी मगरले भने, ‘जब केही मुस्लिम समुदायका व्यक्तिले आफूहरू रोजा व्रत गर्ने र सोही अनुसार खानाको व्यवस्थापन मिलाईदिन भन्नुभयो, हामीले पनि हुन्छ भन्यौं ।’

Vianet communication
Laxmi Bank

रोजाको नियम अनुसार साँझ ६ बजेदेखि साढे ६ बजेसम्ममा खाना पकाएर दिने गरिएको उनले बताए । ‘साँझ व्रत खोल्ने बेला दाल, भात, तरकारी तथा सलाद दिने गरिएको छ तर बिहान ३ बजे फेरि खाना पकाउन समस्या हुने भएका कारण साँझ पकाएको खानालाई नै तताएर दिने गरिएको छ,’ क्याप्टेन मगरले भने, ‘उहाँहरूले नै बिहान किन पकाउनुहुन्छ, रातिको खाना नै तताएर दिनुभयो भने खाइहाल्छौं भनेर भन्नुभएका कारण राति ३ बजे तताएर दिने गरेका छौं ।’

क्वारेन्टाइनमा पनि रोजा गर्न पाएकोमा खुशी व्यक्त गर्दै रिंकु शेखले भने, ‘सबै व्यवस्था ठीक छ तर साँझ रोजा खोल्ने बेला फलफूल वा भुजाको प्रबन्ध भए झन् राम्रो हुन्थ्यो ।’ घरमा हुँदा मासु समेत खाने गरेको बताउँदै उनले क्वारेन्टाइनमा बसेको अवस्थामा सम्भव भएजति सुविधा दिएकोमा अत्यन्तै खुशी व्यक्त गरे ।

‘फलफूल वा भुजा दिनुपर्छ भनेर उहाँहरूले पहिले भन्नुभएको थिएन,’ क्याप्टेन मगरले भने, ‘क्वारेन्टाइनमा ती कुराको उपलब्धता त छैन तर पनि हामीहरू ती कुराको प्रबन्ध मिलाउने प्रयत्न गर्नेछौं ।’

दिनभर व्रत बसेपछि व्रत खोल्ने समय सामान्यतया साढे ६ बजे हुन्छ । निर्धारित समयमा पानी, मिठाई, फलफूल वा खाना केही न केही खाएर व्रत खोल्ने गरिन्छ । यसरी व्रत खोल्नुलाई ‘इफ्तार’ भनिन्छ । बिहान ४ बजेपछि केही पनि खाना वा पानी समेत पिउन पाइँदैन । दिनभर व्रत बस्नुपर्ने हुन्छ । त्यसअघि नै रोजा बस्ने व्यक्तिले खाना खाने गर्छन, त्यसलाई ‘सेहरी’ भन्ने गरिन्छ ।

आवश्यक व्यवस्थापन गरेर निर्धारित समयमा इफ्तार र सेहरीको प्रबन्ध गरिदिने सेनालाई धेरै नै धन्यवाद दिनुपर्ने राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन धनुषाका प्रवक्ता साजिद हुसैनले बताए । ‘इफ्तार गर्नका लागि आवश्यक फलफूल तथा मिठाई त्यहाँ क्वारेन्टाइनमा छैन भने हामी व्यवस्था गरेर आज नै पुर्‍याउँछौं,’ उनले भने । वैशाख १३ गतेदेखि रमजान व्रत शुरू भएको छ ।

काठमाडौं र बुटवलबाट ५ दिन लगाएर भारतको पश्चिम बंगाल जान हिँडेकाहरूलाई धनुषाको जटही सीमामा सशस्त्र प्रहरीले वैशाख १२ गते नियन्त्रणमा लिएको थियो । सीमानाका पूर्णरुपमा बन्द भएका कारण भारत प्रवेश गर्नबाट सशस्त्र प्रहरीले रोक लगाएको थियो । 

‘हामीहरू ५ दिन हिँडेर ठाउँठाउँमा ट्रक चढेर आफ्नो घर भारतको पश्चिम बंगालका लागि हिँडेका थियौं,’ रिंकुले भने, ‘तर बोर्डरमा आएर फस्यौं ।’ ती व्यक्तिहरू काठमाडौंमा मजदुरी र फूटपाथमा व्यापार व्यवसाय  गर्दै आएका थिए ।

चैत्र १४ गतेदेखि शुरू भएको क्वारेन्टाइनमा हालसम्म  ११४ जना बसिसकेका छन् । हाल ५५ जना छन् । बाँकी व्यक्तिहरू १५ दिन क्वारेन्टाइन बसेर घर फर्किसकेका छन् ।

यस्तै, काठमाडौंको ललितपुरस्थित लेलेमा इँटा उद्योगमा काम गर्दै आएका भारतको बिहारस्थित दरभंगा तथा मधुबनी जिल्लाका ३३ जना दलित समुदायका व्यक्तिलाई समेत धनुषाको जटही सीमामा सशस्त्र प्रहरीले रोकेका छन् । उनीहरूलाई नगराइनकै राजेश्वर निधि विद्यालयमा राखिएको छ । विद्यालयमा क्वारेन्टाइन सञ्चालनमा आएको छैन ।

वडाध्यक्ष देवलाल यादवले खाना पकाउनका लागि व्यवस्था गरिदिएको भएपनि सुत्ने तथा बस्ने व्यवस्था नभएका कारण विद्यालयको बरण्डामा भुइँमा सुत्न बाध्य छन् । उनीहरू हिँडेर ७ दिनमा काठमाडौंबाट धनुषाको सीमासम्म पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x