कांग्रेस केन्द्रीय समिति बैठक आज – कोरोना, अध्यादेश र आफ्नै पार्टीको विवादका बारेमा छलफल हुने

फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बुधवार अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

कोभिड १९ को महामारीले देश नै लक-डाउनमा रहेकाबेला कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा महामारीसँग अझ बढी प्रभावकारी ढंगबाट कसरी जुध्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।


Advertisement

महामारीको चर्चासँगै सरकारका काम कारवाहीका सन्दर्भमा पनि बैठकमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।

‘सरकार बदनाम भएको छ, भ्रष्टाचारले सीमा नाघेको छ, यी विषय पनि बैठकमा छलफल हुनेछन्,’ उनले भने ।  


Advertisement

पछिल्लो समय सरकारले ल्याएको विवादास्पद अध्यादेश फिर्ता भइसकेको भएपनि त्यसले राष्ट्रिय राजनीतिमा पारेको प्रभावका बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।

यसका अलावा कांग्रेसभित्रै रहेको विवाद पनि बैठकको विषय बन्नेछ ।

नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, विभागमा नियुक्ति लगायतका विषयहरू विवादित बनेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्