मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
बैशाख १७, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको ‘पावर सेयरिङ’को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले आ-आफ्नो गूटगत भेला तीव्र पारेका छन् ।
बुधवार साँझ ५ बजे बस्ने भनिएको सचिवालय बैठकमा आ-आफ्नो पोजिसन बलियो बनाएर प्रस्तुत हुने तयारीमा नेताहरू देखिन्छन् ।
प्रधानमन्त्री ओलीले बुधवार बिहान आफूनिकट सांसदहरूलाई बालुवाटारमा बोलाएर छलफल गरे । छलफलमा ‘जे पनि हुन सक्ने’ भन्दै आफ्ना सांसदहरूलाई तयारी अवस्थामा बस्न भनेका छन् ।
‘हामीलाई सबै हिसाबले तयार रहन प्रधानमन्त्रीज्यूले आग्रह गर्नुभएको छ,’ छलफलमा सहभागी एक सांसदले भने ।
पढ्नुहोस् यो पनि - ओलीका ३ रणनीति : सकेसम्म गलाउने, नसके अन्य २ विकल्प !
पार्टी विभाजनका लागि पनि तयार रहनु भन्ने अर्थ बुझ्न सकिन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘विभाजन होइन, पार्टी एक भएर अघि जान जे पनि गर्नुपर्ने हुन सक्छ भन्ने उहाँको आशय हो । गलत अर्थमा नबुझौँ ।’
प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत सिद्ध गरेर आफू शक्तिशाली नै रहेको पुष्टि गर्ने दिशामा कदम चालिरहेका छन् । उनलाई संसदीय दलमा बहुमत पुर्याउन करीब एक दर्जन सांसद अपुग हुन्छ ।
ओलीले आफ्ना नजिकका विश्वास पात्रहरूलाई छलफलमा सहभागी गराएर पूर्वमाओवादी र वरिष्ठ नेता नेपाल पक्षमा रहेका सांसदहरूसँग कुराकानी थालेको बुझिएको छ ।
सांसद महेश बस्नेतले धेरैसँग कुराकानी भइरहेको पुष्टि गरे ।
‘यो सरकारको विकल्प छैन भन्ने सांसदहरूको बहुमत मात्र होइन, त्यो भन्दा पनि धेरै छ,’ बस्नेतले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीको पोजिसन अध्यक्ष र प्रधानमन्त्रीबाहेक सबैमा छलफल गर्न सकिन्छ भन्ने हो ।’
बालुवाटारले आफ्नो ‘पोजिसन’ स्पष्ट गरेपछि अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल र नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि ओलीलाई सत्ताच्यूत गराउने एकसूत्रीय एजेण्डाका साथ अघि बढिरहेका छन् । चार जना नेताबीच निरन्तर छलफल भइरहेको नेपालपक्षीय एक नेताले बताए ।
पढ्नुहोस् यो पनि - ओलीको प्रस्ताव नेपाल पक्षद्वारा अस्वीकार, विनाशर्त सचिवालय र स्थायी कमिटी बोलाउन सुझाव
उनले चारै नेता एकमतका साथ सचिवालयमा प्रस्तुत हुने तयारी गरेको जानकारी दिए ।
अध्यक्ष प्रचण्ड र नेता नेपालबीच कस्तो खाले समझदारी बनेको छ भन्ने प्रश्नमा उनले भने, ‘एकमतका साथ अघि बढ्ने समझदारी हो । वरिष्ठ नेता नेपाल र प्रचण्ड मात्र होइन, झलनाथ खनाल र वामदेव गौतम सबै एउटै एजेण्डाका साथ बैठकमा प्रस्तुत हुनुहुनेछ ।’
पूर्वएमालेमा उपाध्यक्ष रहिसकेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले शीर्ष नेताहरूबीच समझदारी भइसकेको अवस्थामा गुटगत भेला अनावश्यक रहेको बताए ।
‘नेताहरूबीच कुराकानी भइरहेको छ, हामीले उहाँहरूलाई पार्टी विधान र विधिसम्मत चल्नुपर्छ भनेर भनिरहेका छौं । यस्तो अवस्थामा समूहगत भेला जरुरी छैन । शीर्ष नेताहरूले आवश्यकता अनुसार आफ्नो पोजिसन लिएर सचिवालय बैठक फेस गर्नुहुन्छ ।’
प्रचण्ड-नेपाल पक्षीय नेताहरूले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्नुपर्ने बताउने गरेका छन् ।
पार्टी वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाडेमात्र मान्य हुने बताएका छन् ।
खनालले लोकान्तरसँग भने, ‘समस्याको समाधान भनेकै ओलीले अध्यक्ष र प्रधानमन्त्री छाड्नु हो ।’
यसका लागि ओलीइतरका नेताहरूबीच समझदारी भइसकेको उनले दाबी गरे ।
पछिल्लो समय नेपाल र प्रचण्डबीच ‘पोजिसन’ लिने विषयमा केही नमिलेका समाचारहरू सार्वजनिक भएका छन् ।
पढ्नुहोस् यो पनि - प्रचण्ड, नेपाल, खनाल र गौतमको 'एक मत' : ओलीको चारोमा नफस्ने !
नेता नेपालले अध्यक्ष पाए सम्झौता गर्न सक्ने चर्चा पनि चलेको थियो, तर नेपालपक्षीय नेताहरूले उक्त चर्चाको खण्डन गरेका छन् ।
‘दुई शीर्ष नेताहरू एकठाउँमा हुनुहुन्छ, जे हुन्छ समझदारीमा हुन्छ,’ नेपालपक्षीय एक स्थायी कमिटी सदस्यले भने ।
मंगलवार नै बस्ने भनिएको सचिवालय बैठक बुधवारलाई राख्न अध्यक्षद्वय सहमत भएका थिए ।
मंगवार अपराह्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले जसरी भए पनि बैठक डाकेर सबै समस्याको समाधान बैठकबाटै हल गर्नुपर्ने बताएका थिए ।
ओलीले भने पार्टीभित्रको विवाद शीर्ष नेताहरूको बीचमा छलफल गरेर केही मत्थर पार्ने र त्यसपछि बैठक बोलाउने आशय राखेपनि प्रचण्डले स्वीकार नगरेको स्रोतले बतायो ।
ओलीसँग भेट हुनुअघि प्रचण्ड कोटेश्वर पुगेका थिए । कोटेश्वरमा नेता नेपालसँग भएको छलफलमा कुनै हालतमा पछि नहट्ने समझदारी भएको बताइन्छ ।
‘ओलीले बैठक बोलाएर आफूविरुद्धमा उठेका तमाम प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिनुपर्छ, मेरो यही अडान हो,’ नेता नेपालले प्रचण्डसँगको भेटघाटमा भनेका थिए ।
सचिवालय बैठकमा छलफलका एजेण्डाहरू के–के हुन्छन् भन्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी बाहिर आएका छैनन् । तर प्रचण्ड, खनाल, नेपाल र गौतमले अहिलेसम्म ओलीले गरेको एकलौटीको संयुक्त हिसाबकिताब माग्ने तयारी गरेका छन् ।
ओलीले चित्तबुझ्दो जवाफ नदिए चारैजना नेताहरूले संयुक्त रूपमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग्ने तयारी गरेका छन् ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...