घनश्याम भुसाल भन्छन् – पार्टी लोकप्रिय भएपछि समस्या आयो, संवादबाट हल गर्नुपर्छ

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले पार्टी लोकप्रियताको शिखरमा पुगेपछि समस्या आएको बताएका छन् ।

बुधवार अपराह्न सामाजिक सञ्जाल फेसबूकमा लेख्दै भुसालले तत्कालीन एमाले र तत्कालीन माओवादीको उदाहरण दिँदै छलफलकै माध्यमबाट समाधान गर्नुपर्ने उपाय पनि सुझाएका छन् ।


Advertisement

२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो । २०६४/६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो र विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ र यसमा समस्या थपिँदै गएका छन्,’ भुसालले लेखेका छन् ।

उनले यसो हुँदैमा हडबडाउन नहुने, संवाद गर्नुपर्ने र संस्थागत प्रणालीभित्रै समाधान खोज्नुपर्ने सुझाव समेत दिएका छन् ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्