वरिष्ठ नेता पौडल भन्छन्,- विदेशबाट फर्किने लाखौं नेपालीको रोजगारीको प्रबन्ध गर्नुपर्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएका समस्याको प्रभावकारी समाधानका लागि सरकारलाई कर्तव्य सम्झाउने काम विपक्षीको धर्म भएको बताएका छन्।

मुलुकभर लकडाउन लागू भएपछि बुधबार पहिलोपटक बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले अहिले सरकारको कर्तव्य जसरी हुन्छ कोरोना रोकथामका उपायको खोजी गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा गर्ने, देशलाई भोलि आइपर्ने भोकमरीको सङ्कटबाट कसरी बचाउने भन्नेमा केन्द्रित हुनुपर्ने बताए।


Advertisement

नेता पौडेलले विदेशबाट स्वदेश फर्किने लाखौं नेपालीको रोजगारीको प्रबन्ध गर्नुपर्ने, अहिले शहरबाट हजारौँ मानिस गाउँमा फर्किएको मौकामा बढ्दो शहरीकरणलाई गाउँतिरै फर्काउने अवसरको उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा उनले व्यक्तिगत जोड घटाउ, आश र त्रासको राजनीति भन्दामाथि उठेर विचार, सिद्धान्त, निष्ठा र सेवामा आधारित उच्च नैतिक धरातलमा जनताको मन जित्ने र देशलाई योगदान दिने पत्यारिलो शक्ति बनेर काँग्रेसले नै लोकतन्त्रको रक्षा र राष्ट्रोन्नतिको भरोसाको केन्द्र बन्न सक्नु पर्ने धारणा व्यक्त गरेका थिउ।


Advertisement

नेता पौडेलले लकडाउनमा कृषक, दैनिक ज्यालादारी मजदूर, रोजगार गुमाएका व्यक्ति र शहर बजारमा भाडामा बसेका विद्यार्थीका लागि उचित राहतको व्यवस्था हुन नसकेको, कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेको नेपालीको उद्धारको ठोस योजना बन्न नसकेको बताए।

कमेन्ट गर्नुहोस्