×

NMB BANK
NIC ASIA

नेकपाको स्थायी कमिटी बैठकबारे टुंगो लागेन, सचिवालय बैठक २० गते पुन: बस्ने

बैशाख १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद र स्थायी कमिटी बैठकबारे छलफल गर्न बसेको सचिवालय बैठक विनानिष्कर्ष टुंगिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राति अबेरसम्म बसेको नेकपा सचिवालय बैठकले पार्टीभित्र देखिएका यावत विवादबारे निर्णय गर्न वैशाख २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालुवाटारमा साँझ ५ बजे शुरू भई राति ९ बजे सकिएको सचिवालय बैठकमा असन्तुष्ट समूहले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ३ दिन समय माग गरेका कारण सचिवालय बैठक वैशाख २० गतेका लागि पुनः बोलाइएको छ । 

Vianet communication
Laxmi Bank

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने फागुन १४ गतेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अडानपछि नेकपाभित्र विवाद सिर्जना भएको थियो । 

पार्टीमा सल्लाह नगरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश तथा संवैधानिक निकायको काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको हो ।

पार्टीका शीर्ष नेताको चर्को दबाबपछि सरकारले दुवै अध्यादेश फिर्ता गरेको थियो । 

सरकारका क्रियाकलापले पार्टीको बदनामी भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतले ओलीले पद छाड्नु पर्ने बताउँदै आएका छन् ।

सहमतिका लागि यसअघि भएका प्रयासमा माधव नेपाल समूहले विनाशर्त स्थायी कमिटी बैठक बोलाउन माग गरेको थियो । 

स्थायी कमिटीका २० जना सदस्यले लिखित हस्ताक्षरसहित अविलम्ब स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओली भने तत्काल स्थायी कमिटी बैठक नबोलाउने पक्षमा देखिएका छन् ।

पार्टीभित्रको विवाद गहिरिँदै जाँदा नेकपाभित्र सांसदहरूले हस्ताक्षर अभियान शुरू गरेका प्रचार बाहिर आएका छन् । प्रधानमन्त्री ओली र ओलीइतर समूह दुवैले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको दाबी गरेका छन् । 

संसद्को सबैभन्दा ठूलो दल नेकपासँग प्रतिनिधि सभाका २ सय ७५ मध्ये १ सय ७४ सांसद छन् । जसमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ७८, प्रचण्डको पक्षमा ५३ र नेपालको पक्षमा ४३ सांसद रहेको प्रचार भइरहेको छ ।

प्रचण्ड–नेपाल पक्षले आफूहरूसँग संसदीय दलमा स्पष्ट बहुमत रहेको दाबी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x