रामचन्द्र पौडेललाई जापानद्वारा ‘ग्राण्ड कार्डन' अवार्ड प्रदान

फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ । 

बुधबार जापान सरकारले उनलाई सो विभूषण प्रदान गर्ने  निर्णय गरेको बिहीवार काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।


Advertisement

नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘ जापान–नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गरेको दूतावासले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्