माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
लकडाउनबीच पनि पोखरामा एउटा काम निरन्तर भयो । यहाँ कार्यरत मजदुर भोकै बस्नु परेन । राहतका लागि कसैसँग हात फैलाउनु परेन ।
एकातिर विकासले गति लियो, अर्कोतिर मजदुरको साँझ–बिहानको गर्जो सहजै टर्यो ।
काम हो–पोखरा रंगशालामा वैकल्पिक फूटबल मैदान निर्माण । १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि नै सम्पन्न गरिनुपर्ने काम थियो, यो ।
तर उपभोक्ता समितिलाई जिम्मा लगाइएको काम त्यसबेला पूरा हुन सकेन । समिति भंग भयो ।
त्यसको जिम्मा लिएर लकडाउनकै बीचमा पनि काम अघि बढाएका हुन्, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले ।
कोरोनाको जोखिमका कारण लकडाउनमा सरकारले घरभित्रै बस्न निर्देशन गरिरहँदा विकास निर्माण कार्य ठप्प हुन गए । तर आवश्यक सचेतना अपनाउँदै आगामी वर्ष गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता (२०७७ फागुन २० देखि २७) लक्षित गरी पोखरा रंगशालामा फूटबल मैदान निर्माणसहित रंगशाला सरसफाइ, सजिसजावट, वृक्षरोपण लगायत काम जारी हुनु सह्राहनीय रह्यो ।
सागताका पोखरा रंगशालामा सुविधासम्पन्न फूटबल स्टेडियम जसरी पनि सक्नुपर्ने थियो । शतप्रतिशत काम हुन सकेन । जे जति सकियो–अधुरो निर्माणबीच महिला फूटबल सम्पन्न भयो ।
अहिले १६ हजार ५ सय सिट क्षमताको सुविधासम्पन्न स्टेडियम बढाएर २० हजार क्षमताको बनाउने तयारी छ । त्यसका लागि राखेपले २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ ।
हालसम्म ९० प्रतिशतसम्म काम पूरा भएको सो स्टेडियमको बाँकी काम भने लकडाउनले छेकिएको छ ।
लकडाउनले सिराहा र सप्तरीका ४० जति मजदुर आउन नपाउँदा काम अधुरो रहेको प्रोजेक्ट म्योनजर इञ्जिनियर दीपक बरालले जानकारी दिए ।
तर, सोही स्टेडियमकै पश्चिमतर्फ रहेको खाली मैदानलाई वैकल्पिक फूटबल मैदान पुनःनिर्माण गर्ने उद्देश्यले राखेपले सागताका ९२ लाख रुपैयाँ लागत अनुमान गरी कामको जिम्मा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई निर्देशन दियो । त्यसबेला निकास भएको ३० लाख रुपैयाँ उपभोक्ता समितिलाई कामको जिम्मा दिइयो ।
मिलन गुरुङ नेतृत्वको अखिल नेपाल फूटबल संघ (एन्फा), कास्कीले काम शुरू गरेको ४ महिना बितिसक्दा निर्माण अधुरो राखेपछि राखेपले आफैंले काम अघि बढाएको हो ।
सो ३० लाखबराबर वरिपरि पर्खाल लगाउने लगायत काम भएकोमा बिल फर्छ्यौट समेत भैसकेको क्षेत्रीय खेलकुद विकास समितिका नासु डीबी नेपालीले जानकारी दिए । पछि उनै मिलन सांसद राजीव गुरुङ (दीपक मनाङे) मुक्का प्रकरणमा मुद्दा मामिलामा फसे ।
एन्फा कास्कीकै पहलमा २०६४ सालमा यो जग्गा सम्याएर फूटबल मैदान बनाइएको हो । जसमा करीब ९ लाख रुपैयाँ खर्च भएको थियो ।
निर्माण समिति सदस्य फोटो पत्रकार सुदर्शन रञ्जितले सो बेला नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण म्याचबाट संकलित रकमबाट मैदानको प्रारम्भिक काम भएको हो ।
‘निर्माणाधीन मैदान त्यत्तिकै त छोड्नुभएन, पछि राखेपको निर्देशनबमोजिम सदस्यज्यू (राजेश गुरुङ) ले कामको नेतृत्व लिनुभएको हो,’ नेपालीले प्रस्ट पारे ।
काम अघि बढाउने क्रममा एक्कासि कोरोनाभाइरस संक्रमण न्यूनीकरण गर्न भन्दै सरकारले चैत ११ देखि लकडाउन घोषणा गर्यो, तथापि हिम्मतिला राखेप सदस्य गुरुङले काम रोकेनन् ।
पोखरा रंगशालानजिकै रामबजारमा बसोबास गर्ने उनै गुरुङले कोरोनाबाट बच्न मजदुरबीच सामाजिक दूरी कायम गर्दै निर्माण काम अघि बढाएको पनि एकमहिना नाघिसकेको छ ।
उनकाअनुसार हाल वैकल्पिक फूटबल मैदानमा मात्रै ३२ जना मजदुर कार्यरत छन् । त्यसबाहेक रंगशाला वरपर सरसफाइ, कामको फिनिसिङ, वृक्षरोपण लगायत काममा गरी ६२ जना मजदुरले काम पाएका छन् । जसबाट दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने उनीहरूलाई लकडाउनबीच कामले सहज बनायो भने विकास निर्माण रोकिन पाएन ।
‘पोखरामा साग हुने वा नहुने भन्ने द्विविधाबीच बाँकी ४ महिना छँदा तीव्रगतिमा हामीले खेलकुदको भौतिक संरचना निर्माणमा ध्यान दियौं,’ राखेप सदस्य राजेश गुरुङ भन्छन्, ‘त्यसबीचमा साग भएरै छोड्यो ।
अलपत्र परेको वैकल्पिक फूटबल मैदान निर्माणलाई अहिले पनि प्रधानमन्त्री (केपी शर्मा ओली) एवं सदस्यसचिव (रमेशकुमार सिलवाल) को निर्देशनमा आफूले विषम परिस्थितिमा पनि जारी राखेको उनले बताए ।
यसबीचमा के–कति काम भयो त ? जिज्ञासामा उनले मैदान लेवलिङ, ड्रेन तथा स्ल्याबको काम भएको बताए ।
अब फिनिसिङ गर्ने, मैदानमा दुबो रोप्ने, मञ्च र चेञ्जिङ रूम निर्माणमा ध्यान दिइने उनको भनाइ छ ।
मैदान १०५ मिटर लम्बाइ र ६८ मिटर चौँडाइको हुनेछ । यसबाट मुख्य फूटबल मैदानमा खेल हुँदा अभ्यास खेलको रूपमा यसलाई विकास गर्न सकिनेछ ।
ओखलढुंगाका मिलन दुलाल पोखरामा मजदुरी गरी बस्न थालेको ५ वर्ष भयो ।
दैनिक ज्यालादारी गर्ने उनलाई लकडाउनले काम दिएन । भएको अन्न पनि सकियो । राहत माग्न वडामा जाँदा विनाकारण फर्काए र, रंगशालामै आएर मजदुरी गरी छाक टार्न सके ।
उनीजस्तै, गोरखा, गुल्मी, स्याङ्जा, सिन्धुली, ओखलढुंगा, तनहुँलगायत जिल्लाका मजदुरले विषम परिस्थितिमा पनि कामसहित माम पाउँदा खुशी देखिन्छन् ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...