साझा रणनीति तय गर्न भन्दै प्रचण्ड-नेपालबीच कोटेश्वरमा भेटवार्ता

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका हुन् । शनिवार बस्ने भनिएको सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।


Advertisement

बुधवार बसेको सचिवालय बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई अध्यक्षको प्रस्ताव गरेका थिए ।

तर नेकपाभित्रको अहिलेको प्रश्न ओलीको स्वेच्छाचारिता भएको भन्दै नेपाल समूहका नेताहरूले ओलीले दिएको ललीपपमा नलोभिन दबाब दिँदै आइरहेका छन् ।


Advertisement

सचिवालयमा अल्पमतमा रहेका ओलीले पार्टी र सरकारमा एकलौटी गर्न खोज्दा नेकपाले बदनामी कमाएको भन्दै ओलीइतरका नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् ।

नेता नेपालनिकट स्रोतले दुवै नेताहरूले साझा रणनीति तय गर्ने विषयमा छलफल गर्न लागेको जानकारी दिएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्