मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले नेपालका धेरै नागरिकलाई कहिल्यै नमेटिने चोट दिएको छ । ५ वर्षअघिको भूूकम्पमा परी झण्डै १० हजार नेपालीले अकालमै ज्यान गुमाए, हजारौं अंगभंग भए, केही बेपत्ता पनि ।
त्यही विनाशकारी भूकम्पले सपना चुडाइदिएका एक व्यक्ति हुन् ऋषिराम खनाल । खनालको चाहना थियो – वैदेशिक रोजगारमा गएर परिवारको आर्थिक अवस्था सुधार गर्दै छोरोलाई राम्रो विद्यालयमा पढाउने ।
वैशाख ८ गते यूएई (दुबई) जान भनेर अर्घाखाँची भूमिकास्थान–१ साम्नेगाउँबाट खनालले काठमाडौंको यात्रा तय गरे । वैशाख १४ गते उनको ‘फ्लाइट’ थियो । उनी काठमाडौं नयाँ बसपार्कस्थित सयपत्री गेस्ट हाउसमा वैशाख ९ गतेदेखि बस्दै आएका थिए । वैशाख १२ गते खाना खाएर होटलको कोठामा के पुगेका थिए, उनी बसेको होटल एकाएक हल्लिन थाल्यो ।
उनी कोठाबाट भाग्न खोज्दाखोज्दै होटल गर्ल्याम्मै झल्यो । ७ तले होटलमा उनी रुमबाट निस्केर सिँढीमा आउन नपाउँदै माथिबाट ‘प्लाइउड’ खसेर उनको बायाँ खुट्टामाथि बजारियो, प्लाइउडमाथि घरको पिल्लर पनि ।
उनी त्यहीँ चिच्चाए, बचाउ, बचाउ भने । रोए । कराए । फेरि चिच्चाए । अहँ कसैले सुन्ने अवस्था थिएन । न यता, न उता । उनी चल्न समेत सकेनन् । भाग्दै गर्दा उनको मोबाइल कोठामै छुटेको थियो ।
गत हप्ता भूकप्प गएको ५ वर्ष पुगेको सन्दर्भमा खनालसँग सम्पर्क गर्दा उनले त्यो २०७२ वैशाख १२ गतेको कालो दिन सम्झे । घण्टा बित्यो, दिन बित्यो । चिच्चाउँदा–चिच्चाउँदै उनको शक्ति सकिएको थियो । उनको बायाँ खुट्टामाथि परेको घरको पिल्लरले खट्टा चुडिने अवस्थामा थियो । शरीर पूरै निलो भयो । झण्डै ४ दिन (८२ घण्टा) सम्म उनी बेहोस भएनन् । उनी सम्झन्छन्, ‘म बेहोस चाहिँ भइनँ । भोक लाग्दा रुमालमा आफ्नै पिसाब भिजाएर खाएँ अनि परान धानें,’ उनले भने ।
८२ घण्टापछि जर्मनी उद्धार टोली र नेपाली सेनाले होटलको भत्किएको घरमाथि आएर यहाँ कुनै जीवित व्यक्ति पुरिएको छ कि छैन भन्ने मशिनले जाँच गर्दा भित्र जीवित व्यक्ति छ भन्ने पत्ता लगायो । नेपाली सेना र जर्मनी टोलीले १० घण्टा लगाएर खनालको जीवितै उद्धार गर्यो । उनलाई त्यहाँबाट उद्धार गरी शिक्षण अस्पताल अस्पताल लग्यो । ‘बाँच्छु र फेरि संसार देख्छु भन्ने लागेकै थिएन तर स्वास रहँदासम्म बाँच्न प्रयास सबैले गर्दाे रहेछ । त्यहीँ प्रयास मैले पनि गरेर । बाँचे पनि,’ खनाल भन्छन् । त्यो ५ वर्ष अगाडिको घटना सम्झिँदा अझै उनको मुटु काप्छ ।
अस्पतालमा ५ महिना बसेपछि खनाललाई निको त भयो तर उनको बायाँ खुट्टा रहेन । उनी बैशाखीको सहाराले हिँडडुल गर्छन् । ५ महिना अस्पताल र ५ महिना बाहिर अन्य अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थासँग बसेर खनाल घर फर्किए ।
७ महिनाको छोरा छोडेर विदेश जान घरबाट हिँडेका खनालको सपना भूकम्पले चक्नाचुर बनायो । ‘झण्डै १ वर्षपछि गाउँ आएँ । केही गर्ने वातावरण पनि छैन । संघीयतासँगै प्रदेश र स्थानीय सरकार घरघरमा आए तर मजस्ता पीडितलाई कुनै रोजगार उपलब्ध गराएनन्,’ उनी भन्छन्, ‘छोरो अहिले ६ वर्षको लाग्यो । गाउँमा रोजगारी छैन । म त भाग्य नै फुटेको मान्छे । श्रीमती (कविता) लाई एउटा रोजगारी राज्यले दिएमा छोरोलाई राम्रो शिक्षा दिने धोको छ । भूकम्पबाट बाँच्न त बाँचे, अहिले बाँच्नु र मर्नु भएको छ ।’
वैदेशिक रोजगारीमा जान भनेर घरमा आउनुअघि उनले भारतको देहरादुनमा ३ वर्ष काम गरेका थिए । ‘अहिले घरमा यताउता गरेर दिन कटाउँछु । कहाँ जाउँ के गरौं हुन्छ । न कतै जान सक्छु । अरु साथीहरूले काम गरेको देख्दा पहिलाका दिन सम्झिन्छु । रुन मन लाग्छ,’ ३३ वर्षीया खनाल भन्छन्, ‘अनि फेरि मनलाई सम्हाल्छु । कतिले भूकम्पमा परी ज्यान गुमाए । म त भाग्यमानी रहेछु । बाँचेर अहिले पनि संसार देख्न पाएको छु । परिवारसँग बसेको छु ।’
आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई राज्यले आर्थिक उपार्जनका लागि विभिन्न खालको सीप प्रदान गरेर रोजगार बनाउनुपर्ने खनाल बताउँछन । विभिन्न क्षेत्रमा अपाङ्गता भएको व्यक्तिलाई विभिन्न प्रकारका तालिम दिएर रोजगारीका अवसरहरू पनि सिर्जना गराइएको छ । उनी अहिले परिवार र छोरोको भविष्यबारे चिन्तित छन् ।
उनले सामान्य लेखपढ गर्न मात्र जानेका छन् । ८ कक्षामा पढ्दा–पढ्दै उनी रोजगारीका लागि भारत गएका थिए । पैसा कमाइ घर–व्यवहार चलाउन उनले बुनेको सपना भूकम्पसँगै भत्किएपछि नयाँ जीवन तय गरेका उनले नयाँ सपना पहिल्याउन सकेका छैनन् । राज्यले भूकम्पमा परी अंगभंग भएकाहरूलाई रोजगारमूलक तालिम दिएर स्वावलम्बन बनाउनुपर्ने उनको सुझाव छ ।
खनाल अहिले घरमा बसेर दिन कटाइरहेका छन् । केही गरौ भन्ने उर्जाशील समयमा अपाङ्ग भएर घरमा बस्नुपर्दा उनलाई धेरै पीडा छ । त्यो पीडा भुलाउन सक्ने काम भए उनीसँगै परिवारको व्यवहार धान्न सजिलो हुने उनको भनाइ छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...