नेता-कार्यकर्तालाई नेकपा सचिवालयको निर्देशनः पार्टी एकता कमजोर पार्ने क्रियाकलापमा सामेल नहुनू

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतालाई कमजोर पार्ने तथा गुटउन्मूख क्रियाकलापमा सामेल नहुन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ। 

अध्यादेश लगायत पछिल्ला घटनाक्रमले नेकपामा आन्तरिक विवाद उत्सर्गमा पुगेका बेला नेकपा सचिवालयको शनिबारको बैठकले एकताको मर्मअनुसार अगाडि बढ्ने निर्णय गरेको हो। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता पश्चात नेकपा गठन भए पनि बेलाबेला पार्टीभित्रको विवाद छताछुल्ल हुँदा गुटगत राजनीति छरपस्ट हुने गरेको छ।


Advertisement

नेकपा सचिवालयको शनिबारको बैठकले पार्टीलाई एकतावद्ध, विधि, पद्धति अनुसार सञ्चालन गर्ने जोड दिएको हो। पार्टीमा देखा परेको संकटलाई समाधान गर्ने गरी एकतावद्ध भएर एकतालाई सुदृढ बनाउने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए। 

त्यसैगरी, बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले सरकार सञ्चालन र पार्टीमा भएका कमीकमजोरीका बारेमा आत्मआलोचना गरेका छन्। श्रेष्ठका अनुसार ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्यहरुले पनि त्यही अनुसार आत्मआलोचन गरेर अगाडि बढ्ने संकल्प गरेका छन्।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्